default_image

11 hours ago

March 3, 2025

युनाइटेड एफए कपबाट बाहिरियो

441 views

0 Bookmark

एजेन्सी – साविक विजेता म्यानचेस्टर युनाइटेड एफए कप पाँचौं चरणबाटै बाहिरिएको छ ।

फुलहमसँग आइतवार टाइब्रेकरमा ४-३ ले पराजित हुँदै युनाइटेड क्वाटरफाइनल पुग्न असफल रह्यो । फुलहम अन्तिम आठमा पुगेको छ।

निर्धारित ९० मिनेट र थप ३० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।

त्यसअघि निर्धारित समयमा पहिलो हाफको इन्ज्युरी समयमा केल्भिन बासेले गोल गर्दै फुलहमलाई अग्रता दिलाए। ७१औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै खेलमा‌ फर्काए । तर टाइब्रेकर युनाइटेड अभागी रह्यो।

युनाइटेडले गतवर्षको फाइनलमा म्यानचेस्टर सिटीलाई हराएर उपाधि जितेको थियो । एफए कपमा युनाइटेड दोस्रो सर्वाधिक टोली हो । आर्सनलले‌ १४ र युनाइटेडले १३ पटक एफए जितेको छ ।

एफए कपको अर्को खेलमा ब्राइटेनले न्युक्यासल युनाइटेडलाई २-१ ले हराउँदै क्वाटरफाइनलमा पुगेको छ।

March 3, 2025

‘साफ च्याम्पियनसिप जिताउने लक्ष्य छ’- प्रशिक्षक रोस

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका अस्ट्रेलिया प्रशिक्षक म्याट रोसले आफ्नो मुख्य लक्ष्य नेपाललाई साफ च्याम्पियनसिपको च्याम्पियन बनाउनु रहेको बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतवार रोसलाई  एक वर्षका‌ लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुने साफ  च्याम्पियनसिप जुन १५ सुरु हुनेछ । […]

March 3, 2025

सुनगाभा सैनामैना गोल्ड कप सुरु हुँदै

सुमन अधिकारी, बुटवल रुपन्देहीको सैनामैना–४ मुर्गियामा प्रथम सुनगाभा सैनामैना गोल्ड कप आज सुरु हुँदैछ । सैनामैना फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र गोर्खा ब्वाईज क्लबबिच प्रतिस्पर्धा हुनेछ। सैनामैना मैना रंगशालामा हुने प्रतियोगितामा दुई विभागीय टोली, आयोजक क्लब र एक भारतीय क्लबसहित १० टोलीको सहभागिता रहेको छ । सुनगाभा पब्लिक स्कुल मुर्गियाको टाइटल […]

March 3, 2025

मछिन्द्र र आर्मीले आज केपी ओली कपको फाइनल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिगका दुई टोली मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी फुटबल क्लबबिच आज केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुने आयोजक नेपाल युवा संघले जानकारी दिएको छ। आर्मीले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीलाई माथ दिँदै केपी […]

Success

Thank you for your time.