20 hours ago
March 2, 2025
हिमाल खरेल, बिर्तामोड
पाँचौ मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा उज्वेकिस्तान ब्ल्याक बुल्स एफसी सहभागी हुने पक्का भएको छ ।
नेपालमा पहिलोपटक आएको ब्ल्याक बुल्सले २४ औं आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको थियो ।
सोही टोली काँकरभिट्टा आउने निश्चित भएको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका सल्लाहकार शेरबहादुर बस्नेतले हाम्रो खेलकुदलाई जानकारी दिए ।
आयोजकले यसअघि मेचीनगर गोल्डकपमा सहभागी हुने ८ टोलीबारे जानकारी दिए पनि उज्वेकिस्तानको ल्याउने भएपछि जर्जियन युनाइटेड दार्जिलिङ भारतलाई सहभागी नगराउने भएको छ ।
यसैबीच मेचीनगर गोल्डकपको तयारी तीव्र गतिमा भइरहेसँगै खेलतालिका भोलि सार्वजनिक गरिने आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए ।
उपाध्यक्ष राईका अनुसार प्रतियोगितामा ब्ल्याक बुल्ससहित अब चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, एपिएफ एफसी, धरान फुटबल क्लब, एनएसएल टिम झापा एफसी , आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर तथा भारतको ग्लोबल फुटबल क्लब आसाम सहभागिता रहनेछ।
चैत २ गते फाइनल हुने प्रतियोगिताको विजेताले १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५१ हजार र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पाउनेछन् ।
उत्कृष्ट प्रशिक्षक र गोलकिपरले २१ हजार र उदीयमान खेलाडीले ११ हजार , प्रत्येक दिनको प्लेयर अफ म्याचले ११ हजार रुपैयाँ पाउनेछन् ।
मेचीनगर नगरपालिका संरक्षक रहेको प्रतियोगिताको मुख्य प्रायोजक धुलाबारीको होटल मेची क्राउन रहेको छ ।
March 3, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको सैनामैना–४ मुर्गियामा प्रथम सुनगाभा सैनामैना गोल्ड कप आज सुरु हुँदैछ । सैनामैना फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र गोर्खा ब्वाईज क्लबबिच प्रतिस्पर्धा हुनेछ। सैनामैना मैना रंगशालामा हुने प्रतियोगितामा दुई विभागीय टोली, आयोजक क्लब र एक भारतीय क्लबसहित १० टोलीको सहभागिता रहेको छ । सुनगाभा पब्लिक स्कुल मुर्गियाको टाइटल […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिगका दुई टोली मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी फुटबल क्लबबिच आज केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुने आयोजक नेपाल युवा संघले जानकारी दिएको छ। आर्मीले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीलाई माथ दिँदै केपी […]
March 3, 2025
एजेन्सी – बार्सिलोनाले पुनः स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। १० खेलाडीमा सीमित रियल सोसिडाडलाई आइतवार ४- ० ले हराएसँगै एट्लेटिको म्याड्रिडलाई पछि पार्दै बार्सिलोना शीर्षस्थानमा पुगेको हो । २६ खेलमा बार्सिलोनाको ५७ अंक, एट्लेटिको ५६ र तेस्रो स्थानको रियल म्याड्रिड ५४ अंक छ । सोसिडाड ३४ अंकका साथ नवौं स्थानमा छ । बार्सिलोनाका लागि जेरार्ड […]