21 hours ago
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी फुटबल क्लबले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ।
आर्मीले केपी ओली कपको फाइनलमा सोमवार साविक विजेता मच्छिन्द्र एफसीको सामना गर्नेछ। आर्मीलाई माथ दिँदै केपी ओली कपमा मच्छिन्द्र ह्याट्रिक गर्ने योजनामा छ ।
दशरथ रंगशालामा आफ्नो लागि दुर्लभ जस्तै फाइनलमा आर्मी मच्छिन्द्रलाई हराउँदै च्याम्पियन बन्ने दाँउमा हुनेछ। आर्मीले यो वर्ष खेलेको चौथो प्रतियोगिता पहिलो फाइनल खेल्दैछ भने मच्छिन्द्र यो वर्ष चौथो फाइनल खेल्दैछ ।
इटहरी गोल्डकप जितेको मच्छिन्द्रले पाँचथर गोल्डकप र गत साता बागमती गोल्डकपको फाइनल खेलेको थियो।
गत वर्ष पहिलो पटक आहा रारा पोखरा गोल्डकप जितेको आर्मीले त्यस चौथो प्रतियोगिता खेलिरहेको छ ।
लमजुङको त्रिवेणी कप, आहा गोल्डकप र बागमती गोल्डकपमा सहभागी भएर केपी ओली कप खेलेको हो ।आर्मीले यसको पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २-० ले र सेमिफाइनललाई संकटालाई २-१ ले हराएको थियो।
मच्छिन्द्रले पहिलो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेड १-० ले सेमिफाइनलमा आयोजक केपी ओली एफसी ४-० लाई हराएको थियो।
आर्मीका प्रशिक्षक मेघराज केसी पछिल्लो एक वर्ष युवा खेलाडीलाई तयार पारेर टोली निर्माण गरेको र अब नतिजा दिने बेला आएको बताए ।
‘ आर्मीले लिगको तयारी गरेर टोली तयार गरेको थियो। तर लिग भएन । यो बिचमा हामीले नयाँ खेलाडीलाई तयार गर्ने अवसर पायौं। त्यसका लागि एन्फालाई पनि धन्यवाद,’केसीले भने,’हामी पछिल्लो केहि समयदेखि नतिजा दिन सकेका थिएनौं । अब नतिजा दिने बेला आएको छ।’
मच्छिन्द्र आफै उत्कृष्ट छ टोली रहेको जनाउँदै केसीले
उनीहरुको कमजोरीमा प्रहार गरेर जित्न प्रयास गर्ने बताए।
टोलीका कप्तान जिलेस्पीजंग कार्की कडा मेहनतले टोलीले फाइनल सम्मको यात्रा तय गरेको बताए । उनले भने, ‘ टिम उत्कृष्ट भएर म राम्रो देखिएको हो। मच्छिन्द्र राम्रो टोली हो। हामी फाइनलका लागि तयार छौँ।’
मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले विपक्षी टोलीलाई कमजोर नसोच्ने जनाउँछ आर्मी बलियो र लयमा रहेको बताए ।
मच्छिन्द्रका कप्तान एवम् गोलकिपर विशाल श्रेष्ठले टोली सन्तुलित रहेको र जित्नका लागि प्रयास गर्ने बताए। फाइनलमा इटालीका पूर्व कप्तान एवम् गोलकिपर जियानलुइजी बुफोनलाई निमन्त्रणा गरेकोमा आयोजक नेपाल युवा संघलाई धन्यवाद दिए। उनले भने,’ आइडलाइज गरेको खेलाडी आउँदा खुसी लागेको छ। यो नेपाली फुटबलका लागि सकारात्मक हो ।’
March 3, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको सैनामैना–४ मुर्गियामा प्रथम सुनगाभा सैनामैना गोल्ड कप आज सुरु हुँदैछ । सैनामैना फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र गोर्खा ब्वाईज क्लबबिच प्रतिस्पर्धा हुनेछ। सैनामैना मैना रंगशालामा हुने प्रतियोगितामा दुई विभागीय टोली, आयोजक क्लब र एक भारतीय क्लबसहित १० टोलीको सहभागिता रहेको छ । सुनगाभा पब्लिक स्कुल मुर्गियाको टाइटल […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिगका दुई टोली मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी फुटबल क्लबबिच आज केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुने आयोजक नेपाल युवा संघले जानकारी दिएको छ। आर्मीले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीलाई माथ दिँदै केपी […]
March 3, 2025
एजेन्सी – बार्सिलोनाले पुनः स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। १० खेलाडीमा सीमित रियल सोसिडाडलाई आइतवार ४- ० ले हराएसँगै एट्लेटिको म्याड्रिडलाई पछि पार्दै बार्सिलोना शीर्षस्थानमा पुगेको हो । २६ खेलमा बार्सिलोनाको ५७ अंक, एट्लेटिको ५६ र तेस्रो स्थानको रियल म्याड्रिड ५४ अंक छ । सोसिडाड ३४ अंकका साथ नवौं स्थानमा छ । बार्सिलोनाका लागि जेरार्ड […]