default_image

23 hours ago

March 2, 2025

म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा

404 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा पुगेको छ । प्लेमाउथलाई शनिवार ३-१ ले हराउँदै सिटी अन्तिम आठमा पुगेको हो।

खेलमा प्लेमाउथले अग्रता लिएको थियो। खेलको ३८औँ मिनेटमा मकसेम टालोभेरेभले गोल गर्दै प्लेमाउथलाई अग्रता दिलाए।

तर, पहिलो हाफको इन्ज्युरी समयमा निको ओरेलीले सिटीका लागि बराबरी गोल फर्काए । ७६औँ मिनेटमा ओरेलीले अर्को गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए । अन्तिम मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दै सिटीको जित निश्चित गरे ।

एफए कपको अन्य खेलमा क्रिस्टल प्यालेसले मिलवाललाई ३-१ ले, बर्नमाउथले वल्भ्सलाई १-१ को बराबरीपछि टाइब्रेकरमा ५-४ ले र प्रिस्टनले बर्नलीलाई ३-० ले हराउँदै क्वाटरफाइनल पुगेका छन्।

March 3, 2025

बार्सिलोना पुनः ला लिगाको शीर्ष स्थानमा

एजेन्सी – बार्सिलोनाले पुनः स्पेनिस ला लिगाको‌ शीर्ष स्थानमा उक्लिएको छ। १० खेलाडीमा सीमित रियल सोसिडाडलाई आइतवार ४- ० ले हराएसँगै एट्लेटिको म्याड्रिडलाई पछि पार्दै बार्सिलोना शीर्षस्थानमा पुगेको हो । २६ खेलमा बार्सिलोनाको ५७ अंक, एट्लेटिको ५६ र तेस्रो स्थानको रियल म्याड्रिड ५४ अंक छ । सोसिडाड ३४ अंकका साथ नवौं स्थानमा छ । बार्सिलोनाका लागि जेरार्ड […]

March 3, 2025

युनाइटेड एफए कपबाट बाहिरियो

एजेन्सी – साविक विजेता म्यानचेस्टर युनाइटेड एफए कप पाँचौं चरणबाटै बाहिरिएको छ । फुलहमसँग आइतवार टाइब्रेकरमा ४-३ ले पराजित हुँदै युनाइटेड क्वाटरफाइनल पुग्न असफल रह्यो । फुलहम अन्तिम आठमा पुगेको छ। निर्धारित ९० मिनेट र थप ३० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । त्यसअघि निर्धारित समयमा पहिलो हाफको इन्ज्युरी समयमा […]

March 2, 2025

एन्फा महासचिव राईविरुद्ध पूर्व अध्यक्ष थापाको उजुरी

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफ्नो चरित्र हत्या गरेको भन्दै एन्फा महासचिव किरण राई विरुद्ध आइतवार उजुरी दिएका छन् । अध्यक्ष रहँदा एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको र पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि आफूले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्ता आधारहिन आरोप लगाएर चरित्रहत्या गर्ने […]

Success

Thank you for your time.