default_image

1 day ago

March 2, 2025

इस्कोको गोलमा रियल स्तब्ध

1005 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिड लस लिगामा शनिवार स्तब्ध भएको छ। रियल बेटिसले रियललाई २-१ ले हराएको छ । इस्कोले आफ्नो पूर्व क्लबविरुद्ध विजयी गोल गरे।

खेलको १० औं रियलले अग्रता लियो । किलियन एम्बाप्पेले फर्लान्ड मेंडीलाई पास दिए र उनले ब्राहिम डियाजलाई खाली पोस्टमा सजिलै गोल गर्न अवसर मिलाइदिए।

रियलले अग्रता दोब्बर गर्ने केही अवसर पायो‌ । सफल भएन । तर ३४औं मिनेटमा इस्कोको कर्नरबाट जोनी कार्डोसोले हेडरमार्फत बराबरी गोल गरे।

९ वर्ष रियलमा बिताएका बेटिसका कप्तान इस्कोले ५४औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे। उक्त पेनाल्टी एन्तोनियो रुडिगरले बक्सभित्र जिसस रोड्रिगेजलाई फाउल गरेपछि बेटिसले पेनाल्टी पायो।

यो सिजन ला लिगामा कार्लो एन्सेलोटीको टोलीले चौथो पटक पराजय भोगेको छ । समान ५४ अंक जोडेको बार्सिलोना दोस्रो र रियल तेस्रो स्थानमा छ । एट्लेटिको म्याड्रिड शीर्ष स्थानमा छ। बेटिस ३८ अंकसहित छैटौंमा छ।

March 3, 2025

बार्सिलोना पुनः ला लिगाको शीर्ष स्थानमा

एजेन्सी – बार्सिलोनाले पुनः स्पेनिस ला लिगाको‌ शीर्ष स्थानमा उक्लिएको छ। १० खेलाडीमा सीमित रियल सोसिडाडलाई आइतवार ४- ० ले हराएसँगै एट्लेटिको म्याड्रिडलाई पछि पार्दै बार्सिलोना शीर्षस्थानमा पुगेको हो । २६ खेलमा बार्सिलोनाको ५७ अंक, एट्लेटिको ५६ र तेस्रो स्थानको रियल म्याड्रिड ५४ अंक छ । सोसिडाड ३४ अंकका साथ नवौं स्थानमा छ । बार्सिलोनाका लागि जेरार्ड […]

March 3, 2025

युनाइटेड एफए कपबाट बाहिरियो

एजेन्सी – साविक विजेता म्यानचेस्टर युनाइटेड एफए कप पाँचौं चरणबाटै बाहिरिएको छ । फुलहमसँग आइतवार टाइब्रेकरमा ४-३ ले पराजित हुँदै युनाइटेड क्वाटरफाइनल पुग्न असफल रह्यो । फुलहम अन्तिम आठमा पुगेको छ। निर्धारित ९० मिनेट र थप ३० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । त्यसअघि निर्धारित समयमा पहिलो हाफको इन्ज्युरी समयमा […]

March 2, 2025

एन्फा महासचिव राईविरुद्ध पूर्व अध्यक्ष थापाको उजुरी

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफ्नो चरित्र हत्या गरेको भन्दै एन्फा महासचिव किरण राई विरुद्ध आइतवार उजुरी दिएका छन् । अध्यक्ष रहँदा एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको र पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि आफूले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्ता आधारहिन आरोप लगाएर चरित्रहत्या गर्ने […]

Success

Thank you for your time.