3 hours ago
March 1, 2025
हिमाल खरेल, बिर्तामोड
पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए ।
काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका लागि बाँसको अस्थायी प्यारापिट धमाधम बनाइँदैछ । पाँच हजार दर्शक क्षमताको प्यारापिट बनाइएको सेन्टरका सल्लाहकार तथा गोल्डकप मुल समितिका सदस्य शेरबहादुर बस्नेतले बताए ।
त्यस्तै, खेलमैदानको स्तरोन्नति पनि अन्तिम चरणमा पुगेको छ । रोलर लगाउने, घाँस मिलाउने, मैदान सम्याउने काम दुई दिनभित्र पूरा हुने सेन्टरका अध्यक्ष नवराज ओलीले जानकारी दिए ।
प्रतियोगितालाई स्थानीयसँग प्रत्यक्ष जोड्ने उद्देश्यले सेन्टरले संस्थापक सदस्य बनाउने काम पनि धमाधम गरिरहेको छ । अहिलेसम्म १ सय जनाभन्दा बढी सदस्य बनिसकेको बस्नेतले बताए । गोल्डकपको सदस्य बन्न १० हजार रुपैयाँ तोकिएको छ ।
फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित ८ टोलीको सहभागिता रहनेछ । पोखरा गोल्डकपको विजेता उज्वेकिस्तानको टोलीलाई सहभागी गराउनेबारे कुरा भइरहेको बस्नेतले जनाए ।
उपाध्यक्ष राईका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, सशस्त्र प्रहरीको एपिएफ एफसी, धरान फुटबल क्लब, एनएसएल टिम झापा एफसी र आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर तथा भारतको जर्जियन युनाइटेड दार्जिलिङ र ग्लोबल फुटबल क्लब आसाम सहभागी हुनसक्ने छन् ।
चैत २ गते हुने फाइनल खेलको विजेताले १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले पाँच लाख रुपैयाँ ,ट्रफी र मेडल प्राप्त गर्ने अध्यक्ष ओलीले बताए । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले २५ हजार रुपैयाँ र ट्रफी पाउनेछ ।
उत्कृष्ट प्रशिक्षक र गोलकिपरले २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले ११ हजार रुपैयाँ र ट्रफी पाउनेछ । प्रत्येक दिनको प्लेयर अफ म्याचले ११ हजार रुपैयाँ र ट्रफी पाउनेछन् ।
मेचीनगर नगरपालिका संरक्षक रहेको प्रतियोगिताको मुख्य प्रायोजक धुलाबारीको होटल मेची क्राउन रहेको छ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]
March 1, 2025
एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]