2 months ago
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ।
आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे।
दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा नै अग्रता बनायो। खेलको आठौं मिनेटमा जिलेस्पी जङ्ग कार्कीको उत्कृष्ट एसिस्टमा क्लोज रेन्जबाट नवयुगले गोल गरे। पहिलो हाफ आर्मीको पक्षमा १-० को अग्रतामा सकियो।
संकटालाई विरुद्ध ६६ औं मिनेटमा आर्मीले अग्रता दोब्बर बनायो। अभिषेक लामाले आर्मीका जिलेस्पीलाई पेनाल्टी बक्सभित्र लाडाए। रेफ्रीले पेनाल्टीको अवसर आर्मीलाई दिए। जहाँ दिनेश हेन्जानले पेनाल्टीमा कुनै गल्ती गरेनन्। आर्मीले २-० को अग्रता बनायो।
निर्धारित ९० मिनेटको खेल २-० को नतिजामा सकियो। थप गरिएको ५ मिनेटको इन्ज्युरी समयको तेस्रो मिनेटमा संकाटाले एक गोल फर्कायो।
सुनिल खड्काले बक्सभित्रबाट हानेको प्रहार पोलमा लागेर फर्कियो। रिबाउन्डमा विसन गुरुङले गोल गरे। यो गोलले गोल अन्तर मात्र घटायो। आर्मी २-१ को जितमा फाइनलको यात्रा तय गर्न सफल रहयो।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल भोलि हुनेछ। आयोजक केपी एफसीले फाइनल प्रवेशका लागि मछिन्द्र एफसीको सामना गर्नेछ। फाइनल फागुन १९ गते हुनेछ।
प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १ सय ११ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा टुसाल युथ क्लब जित हात पारेको छ। आज बाँसबारी क्लब विरुद्ध १-० को संघर्षपूर्ण जित निकाल्दै टुसाल लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । ६७ औं मिनेटमा बिक्की राईले टुसाललाई अग्रता दिलाए। कोमल बहादुर खवासको कर्नरमा […]
May 1, 2025
बट्टार/नुवाकोट (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बल (एपिएफ) प्रथम बागमती प्रदेश मुख्य मन्त्री कपको फाइनलमा प्रवेश गरेको छ। आज नुवाकोटको बट्टारमा भएको दोस्रो सेमिफाइनल खेलमा रौतहट जिल्ला फुटबल संघलाई ५-० को हार चखाउँदै फाइनलमा पुगेको हो। एपिएफले अब नेपाल पुलिस क्लबसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ। एपिएफ र पुलिसले बैशाख १२ गते लुम्बिनी कप फुटबलको फाइनल खेलेका […]
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा लिगको पुछारमा रहेको रानी पोखरी कर्नर टिम (आरसिटी) सँग सरस्वती युथ क्लब ४-३ गोल अन्तरले पराजित भएको छ। यो जितमा आरसीटी लिगको १२ औं स्थानमा उक्लिएको छ। एन्फा कम्प्लेक्समा भएको खेलको ३६ औं मिनेटमा विशेष लामाको गोलमा सरस्वतीले अग्रता बनायो। तर यसको तीन मिनेटपछि नै आरसिटीले खेललाई […]