2 months ago
February 28, 2025
हिमाल खरेल,भद्रपुर
भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज झापाली डर्बीबीच प्रतिस्पर्धा हुँदैछ । ‘बि’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ ले आयोजक क्लब भद्रपुर ब्लेजर्सको सामना गर्नेछ ।
पूर्वमा आयोजना हुने गोल्डकप प्रतियोगितामा पहिलोपटक दुई स्थानीय टोलीबीच उपाधि भिडन्त हुन लागेको हो ।
दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ‘भद्रपुर झापा गोल्डकपले इतिहास रचेको छ, दुवै झापाली टोली फाइनलमा पुगेका छन्,’ आयोजकका अध्यक्ष दिपेश ढकालले प्रिम्याच कन्फ्रेन्समा भने, ‘विदेशी र ‘ए’ डिभिजन क्लबलाई नै हराउँदै यी दुई टोली फाइनलमा पुगेका हुन्, यसमा सबै झापाली खुसी छौँ ।’
झापा ११ ले अहिलेसम्म गृह जिल्लामा गोल्डकप उपाधि जित्न सकेको छैन । झापा गोल्डकपमा पाँचपटक फाइनलमा पुगेर पनि झापा ११ उपविजेतामै सीमित भएको थियो ।
झापा ११ गृह जिल्लामा उपाधिको खडेरी तोड्ने दाउमा छ । आयोजकको भद्रपुर ब्लेजर्स उपाधिमाथि कब्जा जमाउने योजनामा छ । झापा ११ ले प्रतियोगितालाई ‘बि’ डिभिजन तयारीका रूपमा लिएको छ ।
‘दर्शकलाई राम्रो खेल प्रदर्शन गर्दै उपाधि जित्ने योजनामा छौँ,’ झापा ११ का प्रशिक्षक अंगुरकुमार खड्गीले भने, ‘खेलको अवस्था हेरेर रणनीति बनाउँदै खेल खेल्नेछौँ, खेलाडी फाइनलका लागि तयार छन् ।’
प्रतियोगितामा झापाले एरोन थापा र एलोन थापालाई समावेश गरेको छ । सेमिफाइनलदेखि समिर तामाङ र रोहन कार्की सम्मिलित भएका छन् । उनीहरु नेपाल सुपर लिगका मार्की खेलाडी हुन् ।
झापा ११ का कप्तान पेमा तामाङले टोली सेट बनाउन लगातार दुई वर्षदेखि प्रशिक्षण गरिरहेको बताए । ‘हामीले दुई वर्षदेखि सँगै खेल्दै आइरहेका छौँ, एकअर्काको क्षमता थाहा छ,’ तामाङले भने, ‘एलोन, एरोन, समिर र रोहन आउँदा फाइदा भएको छ ।’
भद्रपुरले घरेलु फुटबलमा राम्रो खेल खेलिरहेका खेलाडीलाई टोलीमा समावेश गरेको छ । स्तरीय विदेशी खेलाडीसहित रहेको यस टोलीले फाइनलमा झापा ११ लाई चुनौती दिने अपेक्षा छ ।
‘हामीसँग व्यावसायिक फुटबल खेलेका खेलाडी छन्, उनीहरू एकआपसमा संगठित भएर खेल्छन्,’ भद्रपुरका कप्तान आशिष चापागाईंले भने, ‘हामी राम्रो प्रदर्शन गर्छौं ।’
भद्रपुरका सहायक प्रशिक्षक अर्जुन राईले फाइनलका लागि खेलाडी तयार रहेको बताए । ‘आयोजक भएकाले घरेलु दर्शकको साथ पाउने आशा छ,’ उनले भने, ‘झापा ११ को खेल हेरेका छौँ । उनीहरूको कमजोरी थाहा छ । त्यहीअनुसार योजना बनाएर खेल्छौँ ।’
भद्रपुर ब्लेजर्सले दार्जिलिङ पुलिस, नेपाल पुलिस क्लब र बंगलादेशको काउरन बाजार प्रगति संघलाई हराउँदै फाइनलमा स्थान बनाएको हो । झापा ११ ले मछिन्द्र एफसी, चर्च ब्वाइज युनाइटेड र भुटानको डागा युनाइटेड एफसीलाई स्तब्ध बनाउँदै उपाधिनजिक पुगेको हो ।
सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको विजेताले १३ लाख, ट्रफी र दोस्रो हुने टोलीले ७ लाख रुपैयाँ अध्यक्ष दिपेश ढकालले बताए ।
प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले १ लाख ५ हजार रुपैयाँ पाउने महासचिव जीवनकुमार श्रेष्ठले बताए । त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले २५ हजार रुपैयाँ पाउने छन् ।
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा टुसाल युथ क्लब जित हात पारेको छ। आज बाँसबारी क्लब विरुद्ध १-० को संघर्षपूर्ण जित निकाल्दै टुसाल लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । ६७ औं मिनेटमा बिक्की राईले टुसाललाई अग्रता दिलाए। कोमल बहादुर खवासको कर्नरमा […]
May 1, 2025
बट्टार/नुवाकोट (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बल (एपिएफ) प्रथम बागमती प्रदेश मुख्य मन्त्री कपको फाइनलमा प्रवेश गरेको छ। आज नुवाकोटको बट्टारमा भएको दोस्रो सेमिफाइनल खेलमा रौतहट जिल्ला फुटबल संघलाई ५-० को हार चखाउँदै फाइनलमा पुगेको हो। एपिएफले अब नेपाल पुलिस क्लबसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ। एपिएफ र पुलिसले बैशाख १२ गते लुम्बिनी कप फुटबलको फाइनल खेलेका […]
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा लिगको पुछारमा रहेको रानी पोखरी कर्नर टिम (आरसिटी) सँग सरस्वती युथ क्लब ४-३ गोल अन्तरले पराजित भएको छ। यो जितमा आरसीटी लिगको १२ औं स्थानमा उक्लिएको छ। एन्फा कम्प्लेक्समा भएको खेलको ३६ औं मिनेटमा विशेष लामाको गोलमा सरस्वतीले अग्रता बनायो। तर यसको तीन मिनेटपछि नै आरसिटीले खेललाई […]