default_image

3 hours ago

February 26, 2025

रेनुका सर्वोत्कृष्ट खेलाडी

999 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्।

नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ।

अनुभवी खेलाडी रेनुका सन् २०१० देखि राष्ट्रिय टोलीबाट खेलिरहेकी छिन्। उनले राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी पनि निभाइन्।

तर २०२२ मा एसियन गेम्सको तयारीको क्रममा उनको खुट्टामा लागेको चोट र शल्यक्रियापछि टिममा कमब्याक गर्न र प्लेइङ इलेभेनमा पर्न निकै संघर्ष गर्नुपरेको थियो।
उनले तत्कालिन प्रशिक्षक अनन्त थापाले आफुमाथि विश्वास नगरेकोले खेल्न सक्दिन भन्ने मानसिकता आइसकेको बताइन्।

तर अहिले प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्व र सहयोगमा टिममा फर्किएर सर्वाेत्कृष्ट खेलाडी सम्मको यात्रा तय गरेको पनि उनले स्पष्ट पारिन्। उनले युवा खेलाडीले भन्दा बढी मिहिनेत गर्न पर्छ भन्ने आफूलाई थाहा भएको र सोही अनुरुप मिहिनेत गरेको पनि बताइन्।

दशरथ रंगशालामा आज भएको च्याम्पियनसिपको फाइनलमा म्यानमारसँग २-० ले हारेको नेपाल उप विजेतामा नै सिमित भएको थियो।

February 26, 2025

१३ औं फाइनलमा पनि नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]

February 26, 2025

झापा ११ भद्रपुर झापा गोल्डकप फाइनलमा

हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]

February 26, 2025

नेपाल‌ र म्यानमारबिच ६ वर्षमा दोस्रो फाइनल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्‌। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई‌ टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको‌ फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]

Success

Thank you for your time.