2 hours ago
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्।
धनगढी एफसीको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि प्रतिक्रिया दिदैं जुआन मार्टिनेजले मुख्य प्रशिक्षकमा नियुक्त हुन पाउँदा खुसी लागेको बताए ।
‘यो अवसरका लागि म निकै नै खुसी छु । फुटबलका फ्यानका लागि अविस्मरणीय सिजन बनाउन स्पेनिस स्वादसँग नेपाली फुटबल शैलीलाई संयोजन गर्ने प्रयास गर्नेछौं,’ मार्टिनेजले भने ।
‘धनगढी एफसीको यो प्रयासले धनगढी र यहाँको खेलकुदलाई युरोपसम्म जोडेर विश्वव्यापीकरण गरेका छौं । यो नेपाली खेलकुदलाई विश्वभरी चिनाउने सञ्जालको एउटा महत्वपूर्ण खुट्किलो हो ,’ धनगढी एफसीका अध्यक्ष सुवाश शाहीले भने ।
धनगढी एफसीले यसअघि नै नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर कृतिश रत्न छिन्जुलाई मार्की प्लेयरमा नियुक्त गरिसकेको छ ।
धनगढीले लेबनानी फरवार्ड अहमद हिजाजीलाई लेबनानी प्रिमियर लिग क्लब बोर्ज एफसीबाट लोनमा अनुबन्ध गरिसकेको छ ।
हिजाजीले यसअघि धनगढी एफसीबाट एनएसएल २०२३ मा खेलेका थिए । धनगढी एफसी एनएसएल सन् २०२१ र एनएसएल २०२३ दुवैमा उपविजेता बनेको थियो ।
धनगढी एफसीले क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई सदुभावना दूत घोषणा गरेको छ ।
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) टोली काठमाडौं रेजर्सले युरोपेली फुटबल संघ (यूईएफए) को प्रो लाइसेन्स प्राप्त गरेका प्रशिक्षक प्याट्रिक डे वाइल्डलाई अनुबन्ध गरेको छ । रेजर्सले एनएसएलको तेस्रो सिजनका लागि प्याट्रिकलाई अनुबन्ध गरेको सामाजिक संजालमार्फत सार्वजनिक गरेको हो । उनले अल्जेरियाको राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकका साथै चीनको यू-२३ टोलीमा पनि काम […]