4 hours ago
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लेबनानले सान्त्वना जितका साथ फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको अन्त्य गरेको छ।
दशरथ रंगशालामा आज भएको पहिलो खेलमा लेबनानले कीर्गिस्तानलाई २-० ले हराएको छ। लेबनानमा लागि क्रिस्टी मालुफले १३ औं मिनेटमा र म्या रोस महन्ना २२ औं मिनेटमा गोल गरेकी थिइन्।
कीर्गिस्तानले खेलेका सबै ३ खेलमा हार बेहोर्यो । पहिलो खेलमा नेपालसँग १-० र दोस्रो खेलमा म्यानमारसँग ५-० ले पराजित भएको थियो।
लेबनान पहिलो खेलमा म्यानमारसँग ३-१ र दोस्रोमा नेपालसँग १-० ले पराजित भएको थियो। लिगको अन्तिम खेल फाइनल पुगिसकेका दुई टोली नेपाल र म्यानमारबिच आजै हुनेछ। खेल साँझ ६ बजे सुरु हुनेछ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका स्ट्राइकर नवयुग श्रेष्ठलले पोखरा थन्डर्सबाट खेल्ने भएका छन्। हिजो भएको अक्सनमा क्याटगरी ‘बी’ मा रहेका उनी अनसोल्ड भएका थिए। उनको बेस प्राइस मात्र १ लाख ५० हजार थियो। तर पनि उनको लागि सातै टिमले फ्लयाग उठाएनन्। तर अक्सनको भोलिपल्ट पोखराले खरिद गरेका राम थापाले नखेल्ने भनेपछि उनको स्थानमा […]