default_image

7 hours ago

February 23, 2025

मिडफिल्डर प्रीति नगदसहित सम्मानित

2839 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राई नगदसहित सम्मानित भएकी छन् ।

प्रीतिलाई अष्ट्रेलियाको सिड्नीमा रहेको दि गोर्खा स्पोर्ट्स क्लबसँगै ल्याङ टोली काठमाडौं र उनको पूर्व स्कुल शारदा एकेडेमीले १ लाख रुपैयाँ र सम्मान पत्रले सम्मानित गरेको हो । यस्तै ऐसेलुखर्क गाँउपालिका खेलकुद विकास समितीका अध्यक्ष रजिन राईले ताम्रपत्रसहित सम्मानित गरे ।

क्लबका अध्यक्ष दिपेन्द्र राईले नेपालमा भइरहेको फोर नेसन्स इन्टरनेशनल वुमेन्स च्याम्पियनसिपको फाइनल खेलको लागि हौसला र प्रोत्साहन स्वरुप सम्मानित गरिएको बताएका छन् ।

क्लबले महिला फुटबल टोलीबाट नेपालको प्रतिनिधित्व गर्दै नेपाललाई विभिन्न पदक दिलाउँदै अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएको र फुटबलको माध्यमबाट राष्ट्रलाई दिएको अतुलनीय योगदानलाई कदर गर्दै सम्मानित गरिएको जनाएको छ ।

वुमेन्स च्याम्पियनसिपमा लगातार दुई जित एक खेल अगावै नेपाल फाइनलमा पुगिसकेको छ । दुई खेलमा सुरुवात गरेकी उनले उच्च प्रदर्शन गरकी थिइन्।

नेपालले आज लिग चरणको अन्तिम खेलमा अर्काे फाइलिस्ट टोली म्यानमारसँग खेल्दैछ । फाइनल बुधबार हुनेछ । उमेर समूहदेखि नै राष्ट्रिय टोलीको नेतृत्व सम्हालिसकेका उनी अहिले सिनियर टोलीकै भरपर्दा सदस्य बनिसकेका छिन् ।

सन् २०२१ मा नेपालमै आयोजना भएको बंगलादेशसँगको दुई मैत्रीपुर्ण खेल दौरान उनले पहिलो रोजाईमा खेल्दै प्रीतिले सिनियर टोलीमा डेब्यु गरेकी थिइन् । उनी राष्ट्रिय टोलीको नियमित सदस्य छन् । उनी एपिएफ फुटबल क्लबबाट व्यवसायिक फुटबल खेल्छिन् ।

February 23, 2025

लेबनानको सात्वना जित

काठमाडौं (हाम्रो खेलकुद)- लेबनानले सान्त्वना जितका साथ फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको अन्त्य गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा लेबनानले कीर्गिस्तानलाई २-० ले हराएको छ। लेबनानमा लागि क्रिस्टी मालुफले १३ औं मिनेटमा र म्या रोस महन्ना २२ औं मिनेटमा गोल गरेकी थिइन्। कीर्गिस्तानले खेलेका सबै ३ खेलमा हार बेहोर्यो । पहिलो खेलमा […]

February 23, 2025

एनएसएल र बि डिभिजनको जुधाईमा खेलाडीको मिचाई

सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि शनिबार राजधानीमा सहभागी टोलीले टिम निर्माण गर्न खेलाडीलाई अक्सनमार्फत खरिद गरे । सहभागी ७ टिमले ए र बी श्रेणीका खेलाडी खरिद गर्दा झन्डै १ करोड ४० लाख रुपैयाँ खर्चिए । यसबाहेक सबै टोलीले मार्की खेलाडी पनि रोजेका छन् । तर अक्सन सकिएको भोलिपल्ट नै […]

February 23, 2025

नेपाल बलियो म्यानमारको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा लिग चरणको अन्तिम खेलमा फाइनल पुगिसकेका नेपाल र म्यानमार आज भिड्दै छन्। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुनेछ। आजको खेलको नतिजाले लिग चरणको विजेता र उपविजेताको निर्णय गर्नेछ। नेपाल र म्यानमार दुवै लगातारको दोस्रो जितमा एक खेल अघि नै फाइनलमा पुगेका हुन्। जारी च्याम्पियनसिपमा सहभागी […]

Success

Thank you for your time.