default_image

7 hours ago

February 23, 2025

बार्सिलोनाको सहज जित

383 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा सहज जितका साथ बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ ।

आइतवार बिहान भएको खेलमा लस पाल्मसलाई २-० ले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । पाल्मसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा डानी ओल्मो र फेरान टोरेसले गोल गरे ।

खेलको ६२औं मिनेटमा ओल्मोले बार्सिलोनाका लागि पहिलो गोल गरे । दोस्रो हाफको इन्ज्युरी समयको अन्तिम तिर गोल गर्दै टोरेसले बार्सिलोनालाई सहज जित दिलाए ।

जितसँगै बार्सिलोना २५ खेलमा ५४ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजित पाल्मस समान खेलमा २३ अंकका साथ १७औं स्थानमा छ । २५ खेलबाट ५३ अंक जोडेको एट्लिटिको मड्रिड दोस्रो स्थानमा छ ।

रियल मड्रिड भने २४ खेलमा ५१ अंकका साथ तेस्रो स्थानमा छ । रियलको २५औं खेल आइतवार जिरोनासँग रहेको छ ।

February 23, 2025

एनएसएल र बि डिभिजनको जुधाईमा खेलाडीको मिचाई

सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि शनिबार राजधानीमा सहभागी टोलीले टिम निर्माण गर्न खेलाडीलाई अक्सनमार्फत खरिद गरे । सहभागी ७ टिमले ए र बी श्रेणीका खेलाडी खरिद गर्दा झन्डै १ करोड ४० लाख रुपैयाँ खर्चिए । यसबाहेक सबै टोलीले मार्की खेलाडी पनि रोजेका छन् । तर अक्सन सकिएको भोलिपल्ट नै […]

February 23, 2025

नेपाल बलियो म्यानमारको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा लिग चरणको अन्तिम खेलमा फाइनल पुगिसकेका नेपाल र म्यानमार आज भिड्दै छन्। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुनेछ। आजको खेलको नतिजाले लिग चरणको विजेता र उपविजेताको निर्णय गर्नेछ। नेपाल र म्यानमार दुवै लगातारको दोस्रो जितमा एक खेल अघि नै फाइनलमा पुगेका हुन्। जारी च्याम्पियनसिपमा सहभागी […]

February 23, 2025

मिडफिल्डर प्रीति नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राई नगदसहित सम्मानित भएकी छन् । प्रीतिलाई अष्ट्रेलियाको सिड्नीमा रहेको दि गोर्खा स्पोर्ट्स क्लबसँगै ल्याङ टोली काठमाडौं र उनको पूर्व स्कुल शारदा एकेडेमीले १ लाख रुपैयाँ र सम्मान पत्रले सम्मानित गरेको हो । यस्तै ऐसेलुखर्क गाँउपालिका खेलकुद विकास समितीका अध्यक्ष रजिन राईले ताम्रपत्रसहित सम्मानित […]

Success

Thank you for your time.