8 hours ago
February 22, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ ।
वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ।
४४ औं मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल हो।
आर्सनलले १० खेलाडीमा रहेर खेलको अन्त्य गर्यो । माइल्स लुईस-स्केलीले ७३ औं मिनेटमा रातो कार्डको सामना गर्दै मैदान छाडे।
दोस्रो स्थानको आर्सनलको २६ खेलमा ५३ अंक छ। शीर्ष स्थानको लिभरपुलको समान खेलमा ६१ अंक छ।
वेस्ट ह्यामले १५ औं स्थानको म्यानचेस्टर युनाइटेड (३० अंक) बराबरी गरेको छ । गोल अन्तरमा वेस्ट ह्याम टोली १६ औं स्थानमा छ।
February 23, 2025
एजेन्सी – स्पेनिस ला लिगामा सहज जितका साथ बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । आइतवार बिहान भएको खेलमा लस पाल्मसलाई २-० ले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । पाल्मसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा डानी ओल्मो र फेरान टोरेसले गोल गरे । खेलको ६२औं मिनेटमा ओल्मोले बार्सिलोनाका लागि पहिलो गोल गरे […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- झन्डै दुई वर्षदेखि सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको आलोचना हुने गरेको छ। एन्फाले गरेको पछिल्लो ए डिभिजन लिग यता नेपाल सुपर लिग (एनएसएल) लगातार दोस्रो पटक आयोजना गर्ने तयारी जोडतोडले चलिरहेको छ। आंशिक रुपमा घरेलु फुटबलमा आशाको सन्चार गर्न सफल एनएसएलको तेस्रो […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि शनिवार भएको मिनी अक्सनमा ८ खेलाडी सर्वाधिक ४ लाख रुपैयाँमा विक्री भएका छन्। चितवन एफसीले अभिषेक लिम्बु र सुमित श्रेष्ठ, धनगढी एफसीले पासाङ लामा, झापा एफसी आशीष गुरूङ, काठमाडौं रेजर्सले दिनेश हेन्जन र जिलेस्पी जङ्ग कार्की , ललितपुर सिटी एफसीले मणि कुमार लामा […]