6 hours ago
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- झन्डै दुई वर्षदेखि सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको आलोचना हुने गरेको छ।
एन्फाले गरेको पछिल्लो ए डिभिजन लिग यता नेपाल सुपर लिग (एनएसएल) लगातार दोस्रो पटक आयोजना गर्ने तयारी जोडतोडले चलिरहेको छ।
आंशिक रुपमा घरेलु फुटबलमा आशाको सन्चार गर्न सफल एनएसएलको तेस्रो संस्करणका लागि शनिवार भएको खेलाडीको मिनी अक्सनमा एन्फा पदाधिकारी उपस्थिति नहुनुलाई चासोको साथ हेरिएको छ।
फ्रेन्चाइज लिगका लागि अक्सन महत्वपूर्ण कार्यक्रम मध्येमा पर्छ । आफैले स्वीकृती दिएको एनएसएलको अक्सनमा एन्फा पदाधिकारीको अनुपस्थितिले शंका गर्नेलाई ठाँउ दिएको छ।
मिनी अक्सन नाम दिएको ‘ए’ र ‘बी’ गरी कुल ६० खेलाडीको अक्सन भएको थियो। अक्सनमा अन्य खेललागायत विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति थियो। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का पनि अक्सनमा अतिथिको रुपमा पुगे।
तर नेपाली फुटबलको कार्यकारी सर्वोच्च निकाय एन्फा पदाधिकारीको उपस्थिति नै रहेन । यसअघिको अक्सनमा एन्फा पदाधिकारीको उपस्थिति रहन्थ्यो।
एन्फाले नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्टबाट एनएसएल आयोजनाको लागि वार्षिक शुल्क पनि लिने सम्झौता छ।तर एन्फा कुनै पदाधिकारीको त्यहाँ उपस्थित रहेन । एन्फाका प्रतियोगिता निर्देशक सञ्जिव मिश्र भने अतिथिका रुपमा अक्सनमा सहभागी भए।
एन्फा पदाधिकारीको उपस्थिति किन भएन भनेर हाम्रो खेलकुदको प्रश्नमा नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्टका प्रबन्ध निर्देशक श्रीयांश कार्कीले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई निमन्त्रणा गरिएको तर वहाँ काठमाडौं बाहिर हुनुभएकोले उपस्थित हुन नसकेको जवाफफ दिए।
यद्दपी कार्कीले एन्फासँगको सहकार्यमा कुनै समस्या नरहेको पनि प्रष्ट पारे ।
February 22, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि शनिवार भएको मिनी अक्सनमा ८ खेलाडी सर्वाधिक ४ लाख रुपैयाँमा विक्री भएका छन्। चितवन एफसीले अभिषेक लिम्बु र सुमित श्रेष्ठ, धनगढी एफसीले पासाङ लामा, झापा एफसी आशीष गुरूङ, काठमाडौं रेजर्सले दिनेश हेन्जन र जिलेस्पी जङ्ग कार्की , ललितपुर सिटी एफसीले मणि कुमार लामा […]
February 22, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एभर्टनले शनिवार इंग्लिस प्रिमियर लिगमा २-२ को बराबरी खेलेका छन् । २-० ले पछि परेको खेलमा युनाइटेड बराबरी गर्न सफल भयो। घरेलु मैदान गोडिसन पार्कमा एभर्टनका लागि बेटो र अब्दौले डौकोरेले गोल गरे । युनाइटेडका ब्रूनो फर्नांडिस र म्यानुअल उगार्टेले गोल गरे । १९औं मिनेटमा एभर्टनका बेटोको गोलमा टोलीले सुरुवाती […]