default_image

7 hours ago

February 22, 2025

केपी कप फुटबलको तयारी पूरा

202 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- केपी ओली कप फुटबल प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक नेपाल युवा संघले जनाएको छ।

२ विदेशसहित ९ टोलीको सहभागिता रहने प्रतियोगिताको आइतवार सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा सुरु हुनेछ।

उद्घाटन खेल एपिएफ र आहा रारा पोखरा गोल्डकपको विजेता उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबिच हुनेछ।
क्वाटरफाइनलसम्मका खेल सातदोबाटोमा तथा सेमिफाइनल र फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। फागुन १६ र १७ गते सेमिफाइनल र १९ गते फाइनल हुनेछ।

उद्घाटन खेलका दुईसहित  संकटा क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एनआरटी, मच्छिन्द्र फुटबल क्लब, भुटानको ट्रान्सपोर्ट युनाइटेड तथा आयोजकको केपी एफसीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेता टोलीले १५ लाख ११ हजार १ सय ११ रुपैंया , दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ताले र  उदीयमान खेलाडीलाई समान  ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्लेयर अफ द म्याचले र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। हरेक खेल विजेता टोलीले  २५ हजार रुपैयाँ प्राप्त गर्ने शनिवार पत्रकार सम्मेलनमा जानकारी दिइयो।

इटालीका लिजेन्ड पूर्व कप्तान एवम् गोलकिपर जियानलुजी बुफोनको फाइनल उपस्थिति रहने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

February 22, 2025

आर्सनल वेस्ट ह्यामसँग पराजित

एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं‌ मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]

February 22, 2025

एनएसएलको मिनी अक्सनमा एन्फा पदाधिकारी नै अनुपस्थित

काठमाडौं (हाम्रो खेलकुद)- झन्डै दुई‌ वर्षदेखि सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको आलोचना हुने गरेको छ। एन्फाले गरेको पछिल्लो ए डिभिजन लिग यता नेपाल सुपर लिग (एनएसएल) लगातार दोस्रो पटक आयोजना गर्ने तयारी जोडतोडले चलिरहेको छ। आंशिक रुपमा घरेलु फुटबलमा आशाको सन्चार गर्न सफल एनएसएलको तेस्रो […]

February 22, 2025

अक्सनमा ८ खेलाडी ४ लाखमा विक्री, ललितपुर महंगो टोली

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि शनिवार भएको मिनी अक्सनमा ८ खेलाडी सर्वाधिक ४ लाख रुपैयाँमा विक्री भएका छन्। चितवन एफसीले अभिषेक लिम्बु र सुमित श्रेष्ठ, धनगढी एफसीले पासाङ लामा, झापा एफसी आशीष गुरूङ, काठमाडौं रेजर्सले दिनेश हेन्जन र जिलेस्पी जङ्ग कार्की , ललितपुर सिटी एफसीले मणि कुमार लामा […]

Success

Thank you for your time.