default_image

11 hours ago

February 22, 2025

नवयुग र विकेश ‘अनसोल्ड’!

2760 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका गोलकिपर विकेश कुथु अन सोल्ड भएका छन्।

क्याटगरी ‘ए’ मा रहेका गोलकिपर विकेशको लागि कुनै पनि टोलीले फ्लयाग उठाएनन् । क्याटगरीको बेस प्राइस २ लाख रुपैयाँ रहेको छ।

राष्ट्रिय टोलीबाट कप्तानको जिम्मेवारी समेत निर्वाह गरिसकेका नवयुग श्रेष्ठ पनि अनसोल्ड रहे। उनी क्याटगरी ‘बी’ मा थिए।

बी क्याटगरीको बेस प्राइस मात्र १ लाख ५० हजार रुपैयाँ रहेको । तर पनि उनको लागि सातै टोलीले फ्लयाग उठाएनन्।

विकेश र नवयुग दुवै खेलाडीले त्रिभुवन आर्मी फुटबल क्लबबाट घरेलु फुटबल खेल्ने गरेका छन्।

February 22, 2025

अक्सनमा ८ खेलाडी ४ लाखमा विक्री, ललितपुर महंगो टोली

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि शनिवार भएको मिनी अक्सनमा ८ खेलाडी सर्वाधिक ४ लाख रुपैयाँमा विक्री भएका छन्। चितवन एफसीले अभिषेक लिम्बु र सुमित श्रेष्ठ, धनगढी एफसीले पासाङ लामा, झापा एफसी आशीष गुरूङ, काठमाडौं रेजर्सले दिनेश हेन्जन र जिलेस्पी जङ्ग कार्की , ललितपुर सिटी एफसीले मणि कुमार लामा […]

February 22, 2025

युनाइटेड र एभर्टनले बराबरीमा खेले

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एभर्टनले शनिवार इंग्लिस प्रिमियर लिगमा २-२ को बराबरी खेलेका छन् । २-० ले पछि परेको खेलमा युनाइटेड बराबरी गर्न सफल भयो। घरेलु मैदान गोडिसन पार्कमा एभर्टनका लागि बेटो र अब्दौले डौकोरेले गोल गरे । युनाइटेडका ब्रूनो फर्नांडिस र म्यानुअल उगार्टेले गोल गरे । १९औं मिनेटमा एभर्टनका बेटोको गोलमा टोलीले सुरुवाती […]

February 22, 2025

केपी कप फुटबलको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- केपी ओली कप फुटबल प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक नेपाल युवा संघले जनाएको छ। २ विदेशसहित ९ टोलीको सहभागिता रहने प्रतियोगिताको आइतवार सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा सुरु हुनेछ। उद्घाटन खेल एपिएफ र आहा रारा पोखरा गोल्डकपको विजेता उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबिच हुनेछ।क्वाटरफाइनलसम्मका खेल सातदोबाटोमा तथा सेमिफाइनल र फाइनल त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.