10 hours ago
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि मेघराज केसीलाई टेक्निकल डाइरेक्टरका रुपमा नियुक्त गरेको छ।
काठमाडौंले जारी खेलाडी अक्सनमा केसीलाई टेक्निकल डाइरेक्टरका रुपमा प्रस्तुत गरेको छ।
एनएसएलको पहिलो संस्करणको विजेता काठमाडौंले मुख्य प्रशिक्षक भने विदेशी ल्याउने तयारी गरिरहेको बताइएको छ।
ए डिभिजन टोली त्रिभुवन आर्मी फुटबल क्लबका मुख्य प्रशिक्षक केसी एनएसएलको पहिलो सिजन एफसी चितवन र दोस्रो सिजन स्पोर्टिङ इलाम डि मेचीको मुख्य प्रशिक्षक थिए।
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- केपी ओली कप फुटबल प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक नेपाल युवा संघले जनाएको छ। २ विदेशसहित ९ टोलीको सहभागिता रहने प्रतियोगिताको आइतवार सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा सुरु हुनेछ। उद्घाटन खेल एपिएफ र आहा रारा पोखरा गोल्डकपको विजेता उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबिच हुनेछ।क्वाटरफाइनलसम्मका खेल सातदोबाटोमा तथा सेमिफाइनल र फाइनल त्रिपुरेश्वरस्थित दशरथ […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 22, 2025
हिमाल खरेल, भद्रपुर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडमाथि कठिन जित निकाल्दै झापा ११ एफसी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा झापा ११ ले चर्च ब्वाइजलाई २-१ ले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । झापाले यसअघि पहिलो चरणमा मछिन्द्र एफसीलाई […]