default_image

17 hours ago

February 21, 2025

आयोजक भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

804 views

0 Bookmark

हिमाल खरेल,भद्रपुर

आयोजकको टोली भद्रपुर ब्लेजर्स सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो क्वार्टर फाइनलमा मिलन राईको २ गोलमा भद्रपुरले विभागीय टोली नेपाल पुलिस क्लबलाई २- १ ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पराजित भएर झापा पुगेको पुलिस टोली यहाँ पहिलो खेलबाटै बाहिरिएको छ।

सबै गोल दोस्रो हाफमा सम्भव भयो । खेलको ७२ औं मिनेटमा मिलनले गोल गर्दै भद्रपुरलाई अग्रता दिलाए । आशिष चापागाईंले पेनाल्टी एरिया नजिकैबाट दिएको पासमा मिलनले गोल गरे । खेलको ७४ औं मिनेटमा भद्रपुरले पेनाल्टीमा गोल थप्दै खेल २-० को अग्रता बनायो ।

भद्रपुरका आशिषलाई पुलिसका मानबहादुर परियारले पेनाल्टी एरियामा फाउल गरेपछि मिलनले अवसरको सदुपयोग गरे । इन्ज्युरी पुलिसले एक गोल फर्कायो । भद्रपुरका किपर जियारत शेख चुकेपछि प्रशान्त कुँवरले गोल गरे ।

भद्रपुरले खेलमा गोल केही अवसर गुमायो । ४० औं मिनेटमा पेनाल्टी एरियाबाट मिलनले प्रहार गरेको बल फर्स्ट बारमा लागेर फर्कियो । ४५ औं पुलिसका गोलकिपर अमित टमाटा बिट भएपछि मिलनको प्रहार गोललाइनमा पुलिसका हेमन्त श्रेष्ठले उत्कृष्ट बचाउ गरे ।

इन्ज्युरी समयमा विदेशी खेलाडी फोडे फोफोनाले पेनाल्टी एरियाबाट प्रहार गरेको बल पुलिसका किपर अमितले रोके ।

५४ औं मिनेटमा पुलिसका अनुप लिम्बूको हेडर भद्रपुरका किपर जियारतले पञ्च गरे । कृष्ण गुरूङको क्रस पासमा पेनाल्टी एरियाबाट अनुपले हेड गरेका थिए । विजयी टोलीका मिलन राई प्लेयर अफ द म्याच चुनिएर उनले २१ हजार रुपैयाँसहित ट्रफी पाए ।

भद्रपुरका सहायक प्रशिक्षक अर्जुन राईले पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपछि दोस्रो हाफमा रणनीति बनाएर पुलिसमाथि जित दर्ता गरेको बताए । घरेलु टिम र दर्शकका साथका कारण खेलाडीले राम्रो प्रदर्शन गरेको उनले बताए।

पुलिसका प्रशिक्षक सुमन सुवेदीले खेलाडीले राम्रो प्रदर्शन गरे पनि डिफेन्समा चुक्दा हार बेहोर्नु परेको बताए । जित्ने योजनाका साथ मैदानमा उत्रिए पनि सानो गल्तीले चुकेको उनको भनाइ थियो ।

शनिबार दोस्रो क्वाटरफाइनलमा झापा ११ एफसी र चर्च ब्वाईच युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ। मछिन्द्रलाई हराउँदै झापा क्वार्टर फाइनलमा प्रवेश गरेका हो । चर्च ब्वाइजले सोझै क्वाटरफाइनलमा खेल्दैछ।

गोल्डकपको विजेताले १३ लाख र दोस्रो टोलीले ७ लाख रुपैयाँ प्राप्त गर्नेछ। एकजना दर्शकले महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटलका तर्फबाट एकजना दर्शकले दुईजनाको डिनर र सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाको तर्फबाट दुईवटा चाँदीको सिक्का पाए ।

February 22, 2025

नवयुग र विकेश ‘अनसोल्ड’!

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका गोलकिपर विकेश कुथु अन सोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका गोलकिपर विकेशको लागि कुनै पनि टोलीले फ्लयाग उठाएनन् । क्याटगरीको बेस प्राइस २ लाख रुपैयाँ रहेको छ। राष्ट्रिय टोलीबाट कप्तानको जिम्मेवारी समेत निर्वाह गरिसकेका नवयुग श्रेष्ठ […]

February 22, 2025

केसी काठमाडौं रेजर्सको टेक्निकल डाइरेक्टर

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि मेघराज केसीलाई‌ टेक्निकल डाइरेक्टरका रुपमा नियुक्त गरेको छ। काठमाडौंले जारी खेलाडी अक्सनमा केसीलाई टेक्निकल डाइरेक्टरका रुपमा प्रस्तुत गरेको छ। एनएसएलको पहिलो संस्करणको विजेता काठमाडौंले मुख्य प्रशिक्षक भने विदेशी‌ ल्याउने तयारी गरिरहेको बताइएको छ। ए डिभिजन टोली त्रिभुवन आर्मी फुटबल क्लबका मुख्य प्रशिक्षक […]

February 22, 2025

इत्तिफाकसँग नासर पराजित

एजेन्सी – पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासर साउदी प्रो लिगमा अल इत्तिफाकसँग पराजित भएको छ । नासर शुक्रवार इत्तिफाकसँग ३-२ ले पराजित भयो । अल अवाल पार्क रियादमा भएको खेलमा नासरले २ पटकको अग्रता जोगाउन सकेन। इत्तिफाकको जितमा जर्जिनियो विज्नाल्डमले २ गोल गर्दा १ गोल नासरले उपहार स्वरुप दियो । नासरका […]

Success

Thank you for your time.