20 hours ago
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि भुटानका पुष्पलाल तेन्द्रेल शर्मालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
बुटवल लुम्बिनीले प्रेस विज्ञप्ति जारी गर्दै शर्मालाई प्रशिक्षकको जिम्मेवारी दिएको जानकारी दिएको हो । पछिल्लो केही वर्षयता भुटानको पारो एफसीको सफलतामा महत्वपुर्ण योगदान दिएका उनी नेपाली फुटबलमा पनि परिचित छन् ।
भूटान प्रिमियर लिगको उपाधि चार पटक जित्दै कीर्तिमान राखेका उनी लगातार तीन वर्ष भूटान प्रिमियर लिग प्रेसिडेन्ट्स कोच अफ द इयर पुरस्कारबाट सम्मानित भएका थिए । उनकै नेतृत्वमा पारो एफसीले यसै वर्ष एएफसी च्यालेन्ज लिगको प्लेअफमा चर्च ब्वाइज युनाइटेडलाई पराजित गरेको थियो ।
नेपालमा नयाँ जिम्मेवारीप्रति उत्साहित रहेको बताउँदै शर्माले नयाँ अवसरको रूपमा लिएको बताए ।
बुटवलले यसअघि नै मनिष डाँगीलाई मार्की खेलाडी घोषणा गरिसकेको छ । टोलीले क्लब कप्तान एरिक विष्ट, फरवार्ड निराजन धामी र डिफेन्डर सरोज तामाङलाई पनि रिटेन गरेको छ ।
तेस्रो संस्करणको एनएसएलको लागि यही शनिबार खेलाडी अक्सन हुँदैछ । यो पटक सात क्लबले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता चैत्र १६ गतेदेखि सुरु हुनेछ ।
February 22, 2025
एजेन्सी – पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासर साउदी प्रो लिगमा अल इत्तिफाकसँग पराजित भएको छ । नासर शुक्रवार इत्तिफाकसँग ३-२ ले पराजित भयो । अल अवाल पार्क रियादमा भएको खेलमा नासरले २ पटकको अग्रता जोगाउन सकेन। इत्तिफाकको जितमा जर्जिनियो विज्नाल्डमले २ गोल गर्दा १ गोल नासरले उपहार स्वरुप दियो । नासरका […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदैछ। क्याटगरी ‘ए’ र ‘बी’ को मात्र अक्सन हुनेछ। अक्सनमा क्याटगरी ‘ए’ मा १५ जना र क्याटगरी ‘बी’ मा ४५ गरी कुल ६० खेलाडी मात्र अक्सनमा राखिएका छन् ।त्यसमा एनएसएलका ७ टोलीले बोली लगाउनेछन्। क्याटगरी ‘ए’ का खेलाडीको बेस प्राइस २ […]
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी एफसीले अनन्त तामाङलाई मार्की खेलाडीमा निरन्तरता दिएको छ। राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य समेत रहेका डिफेन्डर अनन्तकै कप्तानीमा ललितपुरले एनएसएलको दोस्रो संस्करण जितेको थियो। सामाजिक सन्जालमार्फत ललितपुरले शुक्रवार अनन्तलाई निरन्तरता दिएको जनाएको छ। तेस्रो सिजनका लागि मार्कीमा निरन्तरता पाउने अनन्त मात्र खेलाडी हुन्। […]