1 month ago
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व कप विजेता इटालीका महान पूर्व कप्तान एवम् गोलकिपर ज्यानलुइजी बुफोन नेपाल आउने भएका छन् ।
केपी ओली कप फुटबल प्रतियोगिताका दौरान उनी नेपाल आउने भएका हुन् । केपी ओली कपको आयोजक नेपाल युवा संघका अध्यक्ष क्षितिज थेवेले कान्तिपुर टेलिभिजनको गुड मर्निङ नेपाल कार्यक्रममा शुक्रवार बिहान बुफोन नेपाल आउन लागेको जानकारी दिएका हुन् ।
केपी ओली कपको फागुन १९ गते हुने फाइनलका दौरान बुफोन दशरथ रंगशालामा उपस्थित रहने थेवेले दाबी गरे । त्यसका लागि सम्झौता भइसकेको थेवेले जानकारी दिए ।
त्यसअघि ब्राजिलियन महान खेलाडी मध्येका रोनाल्डिन्हो र रोबर्टो कार्लोसलाई प्रस्ताव राखिएको थेवेले जानकारी दिए। कार्लोस सुरुमा आउनका लागि तयार भएपनि पछि समय नमिलेका कारण रद्द भएको उनले बताए । त्यसपछि बुफोनलाई ल्याउने प्रयास थालिएको उनको भनाइ थियो ।
सन् २००६ को विश्व कप विजेता बुफोन देशका लागि सबै भन्दा बढि अन्तर्राष्ट्रिय फुटबल खेल्ने गोलकिपर हुन् । इटालीबाट ८० खेलमा कप्तानी समेत गरेका उनले कीर्तिमानी १ सय ७६ खेल खेलेका थिए। उनले ५ पटक विश्व कप खेलेका थिए। ४७ वर्षे उनले १० पटकका इटालियन सिरिए जितेका थिए।
२ विदेशीसहित ९ टोलीको सहभागितामा केपी ओली कप आइतबार सुरु हुँदैछ।
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]
March 24, 2025
एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]