1 month ago
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपमा नेपाल र लेबनान बीचको खेल जारी छ।
पहिलो हाफमा नेपालले १-० को अग्रता बनाएको छ। नेपालको लागि स्टार स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ ले गोल गरिन्।
दशरथ रंगशालामा जारी खेलमा नेपालले लेबनानलाई दबाबमा राख्दै अग्रता बनाएको हो। नवौं मिनेटमा लेबनानको प्रयास सफल भएन।
नेपालको डिफेन्सिभ ल्याकमा क्रिस्टी मलाउफले बक्स भित्रबाट हानेको प्रहारलाई गोल किपर एञ्जिला तुम्बाप्पो सुब्बाले पन्च गरेर बचाइन्।
खेलको दशौं मिनेटमा नेपालले पनि मौका गुमायो।विमला चौधरीले ६ यार्ड बक्स नजिकैबाट हानेको प्रहार आकाशियो।
खेलको १३ औं मिनेटमा लेबनानकी लायला इस्कन्दरले पाएको मौकालाई गोलमा परिणत गर्न सकिनन्। यसपछि १५ औं मिनेटमा प्रीति राईले हानेको लङ रेन्ज सट क्रसबार नजिकैबाट बाहिरियो।
३१ औं मिनेटमा लेबनानकी क्रिस्टी मलाउफले दिएको क्रसमा लायला स्कन्दरले कनेक्ट गर्नुभन्दा पहिले नै गोल किपर एञ्जिलाले खुट्टाले बचाइन् र पुजा रानाले बल क्लियर गरिन्।
यसपछि नेपालले ४२ औं मिनेटमा अग्रता बनायो। विमलाको कर्नरमा लेबनानकी लायला इस्कन्दरले क्लियर गरेको बललाई साम्बाले बक्स बाहिरबाट हानेको पावरफुल सट फराह इल टयारलाई रुफ्लेक्ट हुँदै गोलमा परिणत भयो। यो सँगै नेपालले पहिलो हाफमा १-० को अग्रता बनायो।
आज नेपालले प्लेइङ इलेभेनमा २ परिवर्तन गरेको छ। रश्मिकुमारी घिसिङको स्थानमा साम्बा र घाइते भएकी निशा थोकरको स्थानमा समिक्षा घिमिरेलाई खेलाइएको छ।
आजको खेल नेपालले जिते म्यानमार र नेपाल दुवै एक खेल अगाडि फाइनलमा पुग्नेछन्। यसअघि पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई १-० ले र म्यानमारले लेबनानलाई ३-१ ले हराएको थियो।
आज भएको पहिलो खेलमा म्यानमारले कीर्गिस्तानलाई ५-० ले पराजित गर्दै लगातार दोस्रो जित दर्ज गरेको छ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]