1 month ago
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली महिला फुटबल टोलीले फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको पहिलो खेलमा कीर्गिस्तानलाई १-० ले हराएको थियो।
विजयी सुरुवात गरेपनि टोली प्रर्दशन भने खेलाडी आफै र प्रशिक्षक राजेन्द्र तामाङलाई पूरा चित्त बुझ्दो थिएन । कीर्गुस्तानसँग नेपालले बढी गोलअन्तरको जितको उपेक्षा सबैलाई थियो।
सन् २०१९ मा नादेज्दा कपमा कीर्गिस्तानलाई ८-२ ले हराएको नेपालबाट बढी गोलअन्तरको अपेक्षा गर्नु स्वभाविकै थियो। तर, यसपटक त्यस्तो भएन।
च्याम्पियन्समा कीर्गिस्तान भन्दा तुलानात्मक रुपमा बलिया म्यानमार र लेबनानसँग खेल्नु पर्ने भएकोले पहिलो खेलमा बढी अन्तरको जितले टोलीमाथि दबाब कम हुन सक्छ भन्ने अनुमान गरिएको हो।
यस्तोमा नेपालले आज लेबननसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा म्यानमारसँग ३-१ को हार बेहोरेको लेबनानले आज नेपालविरुद्ध आफ्नो सबै विकल्प प्रयोग गर्नेछ ।
लगातार दुई खेल हारेको अवस्थामा फाइनल यात्रा उसका लागि कठिन हुने भएको नेपालसँगको खेलमा सबै शक्ति लगाउनेछ। गत वर्ष साउदी अरबमा वाफ च्याम्पियनसिपमा नेपाल २-१ को हारलाई लेबनानले अझै भुल्न सकेको छैन।
प्रशिक्षक तामाङका अनुसार उनीले त्यसैकारण नेपालसँग फेरि खेल्ने प्रस्ताव राखेका हुन्। कात्तिकमा भएको साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालको प्रर्दशन राम्रो भएन । पहिलो पटक भुटानसँग बराबरी खेलेको थियो। त्यसपछिका खेलमा नेपालले प्रर्दशनमा सुधार गरेको थियो।
दशरथ रंगशालामा आज साँझ ६ बजे सुरु हुने खेलमा नेपालबाट त्यस्तै सुधारिएको प्रर्दशनको आशा गरिनेछ । म्यानमारसँग खेल्नुअघि २ खेल जितेमा लिगको अन्तिम खेलमा दबाब कम हुनेछ।
आजको खेलमा बराबरी वा हातले भने नेपाललाई फाइनल यात्राका लागि चुनौति हुनेछ। त्यसअर्थ नेपालले पनि आजको खेलमा जितेका लागि हरसभ्भव प्रयास गर्नेछ। दिउँसो २ बजे म्यानमार र कीर्गिस्तान खेल्दैछन् ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]