default_image

2 days ago

February 19, 2025

देवदह ब्वाइजलाई लखन कप उपाधि

250 views

0 Bookmark

सुमन अधिकारी, बुटवल

देवदह ब्वाइज लखन कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

आयोजक लखन ब्रदर्श क्लबलाई बुधवार २-१ ले पराजित गर्दै देवदहले उपाधि जितेको हो ।

देवदह उपाधिका साथ १ लाख ५१ हजार ५ सय १५ रुपैयाँ र लखन ७५ हजार ७ सय ५७ रुपैयाँ प्राप्त गरेको छ ।

देवदहका सुभाष थारु प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए र उनले१० हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

लखनका सुजित डाँगी उत्कृष्ट डिफेन्डर, लखनकै जितेश गुरुङ उत्कृष्ट मिडफिल्डर, लखनकै मिलन आले सर्वाधिक गोलकर्ता, देवदहका टेक बहादुर मुखिया उत्कृष्ट गोलकिपर, सियारीका बलराम न्यौपाने उदयमान खेलाडी घोषित भए । उनीहरुले समान ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरे ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा भएको प्रतियोगीताका विजेता, उपविजेता टोलीलाई बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, क्लबका अध्यक्ष सुदिप खत्री, क्लबका संरक्षक संयोजक राम बहादुर थापा, क्लबका सचिव निरन्जन पन्तले पुरस्कृत गरे।

माघ २२ देखि सन्चालित प्रतियोगितामा रुपन्देही, नवलपरासी गरि १६ टोलीको सहभागिता थियो ।

February 21, 2025

भुटानका शर्मा बुटवलको प्रशिक्षकमा नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि भुटानका पुष्पलाल तेन्द्रेल शर्मालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । बुटवल लुम्बिनीले प्रेस विज्ञप्ति जारी गर्दै शर्मालाई प्रशिक्षकको जिम्मेवारी दिएको जानकारी दिएको हो । पछिल्लो केही वर्षयता भुटानको पारो एफसीको सफलतामा महत्वपुर्ण योगदान दिएका उनी नेपाली फुटबलमा पनि परिचित छन् […]

February 21, 2025

रोहनलाई मार्की रोज्दै काठमाडौंद्वारा ३ खेलाडी रिटेन

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर रोहन कार्कीलाई रिटेन गर्दै नेपाल सुपर क्लब (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्सले तेस्रो सिजनका लागि ३ खेलाडी रिटेन गरेको छ । गत सिजन ट्यालेन्ट हन्टमार्फत धनगढी एफसीबाट खेल्दै प्रतियोगिताको उदीयमान खेलाडी घोषित रोहनले यस सिजन काठमाडौंको मार्कीको भूमिकामा खेल्ने भएका हुन् । रोहन सी डिभिजन लिगमा आरसी३२ फुटबल क्लबको […]

February 21, 2025

विश्वकप विजेता गोलकिपर बुफोन नेपाल आउने!

काठमाडौं (हाम्रो खेलकुद)- विश्व कप विजेता इटालीका महान पूर्व कप्तान एवम् गोलकिपर ज्यानलुइजी बुफोन नेपाल आउने भएका छन् । केपी ओली कप फुटबल प्रतियोगिताका दौरान उनी नेपाल आउने भएका हुन् । केपी‌ ओली कपको आयोजक नेपाल युवा संघका‌ अध्यक्ष क्षितिज थेवेले कान्तिपुर टेलिभिजनको गुड मर्निङ नेपाल कार्यक्रममा शुक्रवार बिहान बुफोन नेपाल आउन लागेको जानकारी दिएका […]

Success

Thank you for your time.