2 days ago
February 19, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एफसी चितवनले गोलकिपर विशाल श्रेष्ठलाई नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रिटेन गरेको छ ।
चितवनले बुधवार सामाजिक सञ्जालमार्फत विशाललाई रिटेन गरेको जनाएको छ। उनी एनएसएलको अघिल्लो संस्करणमा चितवनको मार्की खेलाडी थिए ।
यसपटक टोलीले राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन विष्टलाई मार्की खेलाडीका रुपमा भित्राइसकेको छ।
टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपानेलाई नियुक्त गरिसकेको छ।
९ टोलीको सहभागिता रहेको अघिल्लो संस्करणको एनएसएलमा चितवन पुछारमा थियो । चितवनले एक खेलमा मात्र जित निकालेको थियो । एनएसएलको अक्सन शनिवार हुनेछ।
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि भुटानका पुष्पलाल तेन्द्रेल शर्मालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । बुटवल लुम्बिनीले प्रेस विज्ञप्ति जारी गर्दै शर्मालाई प्रशिक्षकको जिम्मेवारी दिएको जानकारी दिएको हो । पछिल्लो केही वर्षयता भुटानको पारो एफसीको सफलतामा महत्वपुर्ण योगदान दिएका उनी नेपाली फुटबलमा पनि परिचित छन् […]
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर रोहन कार्कीलाई रिटेन गर्दै नेपाल सुपर क्लब (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्सले तेस्रो सिजनका लागि ३ खेलाडी रिटेन गरेको छ । गत सिजन ट्यालेन्ट हन्टमार्फत धनगढी एफसीबाट खेल्दै प्रतियोगिताको उदीयमान खेलाडी घोषित रोहनले यस सिजन काठमाडौंको मार्कीको भूमिकामा खेल्ने भएका हुन् । रोहन सी डिभिजन लिगमा आरसी३२ फुटबल क्लबको […]
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व कप विजेता इटालीका महान पूर्व कप्तान एवम् गोलकिपर ज्यानलुइजी बुफोन नेपाल आउने भएका छन् । केपी ओली कप फुटबल प्रतियोगिताका दौरान उनी नेपाल आउने भएका हुन् । केपी ओली कपको आयोजक नेपाल युवा संघका अध्यक्ष क्षितिज थेवेले कान्तिपुर टेलिभिजनको गुड मर्निङ नेपाल कार्यक्रममा शुक्रवार बिहान बुफोन नेपाल आउन लागेको जानकारी दिएका […]