default_image

2 days ago

February 19, 2025

मिलान च्याम्पियन्स लिगबाट बाहिरियो

455 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब एसी मिलान डच टोली फाइनोर्डसँग बराबरीमा रोकिदा च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्न असफल भएको छ ।

प्लेअफको दोस्रो लेगमा मंगलवार १-१ को बराबरी हुँदा डच टोली समग्रमा २-१ को अग्रता हासिल गर्‍यो । पहिलो लेग फाइनोर्डले १-० ले जितेको थियो ।

मिलानको मैदानमा भएको खेलमा फाइनोर्डका लागि जुलियन करान्जाले गोल गरे । मिलानका सान्टियागो गिमेनेजले गोल गरे ।

पहिलो मिनेटमा नै गोल गर्दै गोमेनेजले मिलानलाई सुरुवाती अग्रता दिए। तर, ७३औं मिनेटमा करान्जाले गोल गर्दै डच क्लबलाई बराबरीमा पुर्याए ।

दुवै टोलीले १० खेलाडीमा खेलको अन्त्य गरे। मिलानका हर्नान्डेज ५१औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिए।

खेलको अन्तिम तिर फेयेनोर्डका गिभाइरो रिडलाई पनि रातो कार्ड दिइयो । फाइनोर्ड अन्तिम १६ मा इन्टर मिलान वा आर्सनलमध्ये कुनै एक टोलीसँग भिड्नेछ ।

बायर्न म्युनिख, क्लब ब्रुग र बेन्फिकाले पनि प्लेअफ जित्दै अन्तिम १६ मा स्थान पक्का गरे ।

स्कटल्याण्डको‌ सेल्टिकसँग प्ले अफको दोस्रो लेगमा १-१ को‌ बराबरी खेल्दै बायर्नले प्रि क्वाटरफाइनलको यात्रा तय गरेको हो।

इन्ज्युरी समयको चौथो मिनेटमा गोल गरेपछि बायर्न सेल्टिकसँग १-१ को‌ बराबरी गरेको हो। पहिलो लेगमा २-१ ले विजयी भएको बायर्न समग्रमा ३-२ को अग्रतासहित अघि बढेको हो।

अल्फान्सो डेभिसले इन्ज्युरी समयमा बराबरी गोल गर्दैै टोलीको अघिल्लो चरणको‌ यात्रा निश्चित गरे । त्यसअघि निकोलस कुनले ६३ औं मिनेटमा गोल गर्दै सेल्टिकलाई‌ अघि बढाए।

त्यस्तै  बेल्जियमको क्लब ब्रुग, पोर्चुगलको बेन्फिका  च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका छन् ।
इटालीको एटलान्टालाई ३-१ ले हराएको क्लब ब्रुगले समग्रमा ५-२ को नतिजासहित अघि बढ्यो ।

फ्रान्सको एएस मोनाकोलाई ३-३ को बराबरीमा खेलेको बेन्फिका समग्रमा ४-३ को नतिजाका साथ अघि बढेको‌छ।

February 20, 2025

आयोजक एपिएफ स्कुल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल ‘ए’ले दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको उपाधि जितेको छ। सल्लाघारीको सैनिक आवासीय महाविद्यालयलाई बिहीवार ५-० ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो ।सैनिकका इसान तामाङ प्लेयर अफ दि म्याच घोषित भए। विजेता टोलीले ६० हजार रुपैयाँसहित रनिङ्ग ट्रफी प्राप्त गर्यो । दोस्रो सैनिक […]

February 20, 2025

झापा ११ भद्रपुर झापा गोल्डकपको अन्तिम आठमा

हिमाल खरेल,भद्रपुर झापा ११ एफसी सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो दिनको खेलमा मछिन्द्र फुटबल क्लबलाई १-० ले पराजित गर्दै झापा ११ अन्तिम आठमा पुगेको हो । झापाले इटहरी गोल्डकपमा मछिन्द्रसँग व्यहोरेको […]

February 20, 2025

नेपाल‌ र म्यानमार एक खेल अगावै फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार एक खेल अगावै फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन्। नेपाल‌ र म्यानमार दुवैले लगातार दुई खेल जित्दै फाइनल मा एकअर्कासँगको भेट पक्का गरेका छन् । नेपालले बिहीवार लेबनानलाई १-० ले हराएपछि म्यानमारसँगै नेपाल फाइनल पुगेको हो। आजै पहिलो खेलमा म्यानमारले कीर्गिस्तानलाई ५-० ले हराएको थियो। […]

Success

Thank you for your time.