1 month ago
February 19, 2025
एजेन्सी –जर्मनीको बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ।
स्कटल्याण्डको सेल्टिकसँग मंगलवार प्ले अफको दोस्रो लेगमा १-१ को बराबरी खेल्दै बायर्नले प्रि क्वाटरफाइनलको यात्रा तय गरेको हो।
इन्ज्युरी समयको चौथो मिनेटमा गोल गरेपछि बायर्न सेल्टिकसँग १-१ को बराबरी गरेको हो। पहिलो लेगमा २-१ ले विजयी भएको बायर्न समग्रमा ३-२ को अग्रतासहित अघि बढेको हो।
घरेलुु मैदानमा बायर्नका अल्फान्सो डेभिसले इन्ज्युरी समयमा बराबरी गोल गर्दैै टोलीको अघिल्लो चरणको यात्रा निश्चित गरे । त्यसअघि निकोलस कुनले ६३ औं मिनेटमा गोल गर्दै सेल्टिकलाई अघि बढाए।
त्यस्तै बेल्जियमको क्लब ब्रुग, पोर्चुगलको बेन्फिका, डच टोली फियोनोर्ड च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका छन् ।
इटालीको एटलान्टालाई ३-१ ले हराएको क्लब ब्रुगले समग्रमा ५-२ को नतिजासहित अघि बढ्यो ।
फ्रान्सको एएस मोनाकोलाई ३-३ को बराबरीमा खेलेको बेन्फिका समग्रमा ४-३ को नतिजाका साथ अघि बढेकोछ।
दोस्रो लेगमा इटालियन एसी मिलानसँग १-१ को बराबरी खेले पनि समग्रमा २-१ ले अग्रता सहित फियोनार्ड प्रि क्वाटरफाइनलमा पुगेको छ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]