2 days ago
February 18, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि राष्ट्रिय फुटबल टोलीका सदस्य समिर तामाङलाई मार्की खेलाडी बनाएको छ।
पोखराले मंगलवार समिरलाई मार्की खेलाडी अनुबन्ध गरेको जनाएको छ । नेपाली यु १९ टोलीबाट खेलिसकेका समिरलाई पोखराका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले मार्कीको जिम्मेवारी सुम्पेको बताइएको छ।
समिर एनएसएलमा पहिलो पटक मार्की खेलाडी बनेका हुन् । समिरले पहिलो पटक मार्की खेलाडी बन्न पाउँदा खुसी लागेको बताएका छन् ।
‘पोखराले मलाई मार्की खेलाडीको जिम्मेवारी दिएको छ । यसमा धेरै खुसी छु,’ समिरलेले भने । समिरले चर्च ब्वाइज युनाइटेड बाट पनि खेलिसकेका छन्।
पोखराले सुमन श्रेष्ठलाई मुख्य प्रशिक्षक र आयुष घलानलाई कप्तानको जिम्मेवारी दिइसकेको छ।
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल ‘ए’ले दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको उपाधि जितेको छ। सल्लाघारीको सैनिक आवासीय महाविद्यालयलाई बिहीवार ५-० ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो ।सैनिकका इसान तामाङ प्लेयर अफ दि म्याच घोषित भए। विजेता टोलीले ६० हजार रुपैयाँसहित रनिङ्ग ट्रफी प्राप्त गर्यो । दोस्रो सैनिक […]
February 20, 2025
हिमाल खरेल,भद्रपुर झापा ११ एफसी सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो दिनको खेलमा मछिन्द्र फुटबल क्लबलाई १-० ले पराजित गर्दै झापा ११ अन्तिम आठमा पुगेको हो । झापाले इटहरी गोल्डकपमा मछिन्द्रसँग व्यहोरेको […]
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार एक खेल अगावै फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन्। नेपाल र म्यानमार दुवैले लगातार दुई खेल जित्दै फाइनल मा एकअर्कासँगको भेट पक्का गरेका छन् । नेपालले बिहीवार लेबनानलाई १-० ले हराएपछि म्यानमारसँगै नेपाल फाइनल पुगेको हो। आजै पहिलो खेलमा म्यानमारले कीर्गिस्तानलाई ५-० ले हराएको थियो। […]