6 days ago
February 17, 2025
हिमाल खरेल,भद्रपुर
सौर्य एअरलाइन्स ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
आयोजक भद्रपुर झापा गोल्डकपले आज खेल मैदान मेची रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।
फागुन ७ गतेदेखि हुने गोल्डकपमा करिब २० हजार दर्शक बस्न मिल्नेगरी स्थायी पक्की तथा बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको छ । प्रतियागिताको तयारीस्वरुप स्वागत गेटहरु निर्माण गरिएको छ ।
यो संस्करणको भद्रपुर झापा गोल्डकपमा घरेलु टोली भद्रपुर ब्लेजर्स सहित ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्यु रोड टिम, सशस्त्र प्रहरीको एपिएफ एफसी र झापा ११ एफसी सहभागी हुनेछन् ।
गोल्डकपमा तीन विदेशी टिम दार्जिलिङ पुलिस एफसी भारत, ट्रान्सपोर्ट युनाइटेड एफसी भुटान, काउर्न बाजार प्रगति संघ बंगलादेश सहित १० टिम सहभागी हुनेछन् ।
फागुन १६ गते हुने गोल्डकपको फाइनलको विजेताले उपाधिसगहित १३ लाख र दोस्रो हुने टोलीले ७ लाख रुपैयाँ ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख ५ हजार रुपैयाँ पाउनेछन्।
त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई २१ हजार रुपैयाँ दिइनेछ ।
प्रतियोगिताको उद्घाटन पूर्वउपप्रधान तथा गृहमन्त्री, राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले गर्ने गोल्डकपका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।
प्रतियोगितामा क्वार्टर फाइनलसम्मको टिकट दर २ सय रुपैयाँ, सेमिफाइनलमा ३ सय रुपैयाँ तथा फाइनलमा बाँसको प्यारापिटका लागि ३ सय रुपैयाँ र पक्की प्यारापिटका लागि ५०० रुपैयाँ तय गरिएको महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा भद्रपुर नगरपालिका संरक्षक र झापा जिल्ला खेलकुद विकास समिति समन्वयकर्ताको रुपमा रहेका छन् ।
पत्रकार सम्मेलनमा भद्रपुर नगरप्रमुख गणेश पोखरेल, गोल्डकपका मुख्य सल्लाहकार टिकाराज ढकाल, अध्यक्ष दिपेश ढकाल र महासचिव जीवनकुमार श्रेष्ठले जिज्ञाशाको जवाफ दिएका थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लेबनानले सान्त्वना जितका साथ फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको अन्त्य गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा लेबनानले कीर्गिस्तानलाई २-० ले हराएको छ। लेबनानमा लागि क्रिस्टी मालुफले १३ औं मिनेटमा र म्या रोस महन्ना २२ औं मिनेटमा गोल गरेकी थिइन्। कीर्गिस्तानले खेलेका सबै ३ खेलमा हार बेहोर्यो । पहिलो खेलमा […]
February 23, 2025
सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि शनिबार राजधानीमा सहभागी टोलीले टिम निर्माण गर्न खेलाडीलाई अक्सनमार्फत खरिद गरे । सहभागी ७ टिमले ए र बी श्रेणीका खेलाडी खरिद गर्दा झन्डै १ करोड ४० लाख रुपैयाँ खर्चिए । यसबाहेक सबै टोलीले मार्की खेलाडी पनि रोजेका छन् । तर अक्सन सकिएको भोलिपल्ट नै […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा लिग चरणको अन्तिम खेलमा फाइनल पुगिसकेका नेपाल र म्यानमार आज भिड्दै छन्। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुनेछ। आजको खेलको नतिजाले लिग चरणको विजेता र उपविजेताको निर्णय गर्नेछ। नेपाल र म्यानमार दुवै लगातारको दोस्रो जितमा एक खेल अघि नै फाइनलमा पुगेका हुन्। जारी च्याम्पियनसिपमा सहभागी […]