default_image

1 month ago

February 17, 2025

पहिलो हाफमा नेपाललाई १-० को अग्रता

643 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको अहिले घरेलु टोली नेपाल र कीर्गिस्तानबीचको खेल जारी छ।

पहिलो हाफमा नेपालले १-० को अग्रता बनाएको छ। विमला चौधरीले नेपालको लागि गोल गरिन्।

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले कीर्गिस्तान विरूद्ध दबाब बनाएको छ।‌ खेलको छैटौं मिनेटमा नेपालले मौका सिर्जना गर्यो।

रेखा पौडेलले टाइट एङगलबाट हानेको प्रहारलाई कीर्गिस्तानकी गोल किपर दिलनुरा अबिबुल्लाहले बचाइन्। रिबाउन्डमा सबिता राना मगरको प्रहार बाहिरियो।

यो मौका गुमे लगतै दशौं मिनेटमा नेपालले अग्रता बनायो। सबिता राना मगरले दिएको सटिक पासमा विमला चौधरीको हेडरले सही दिशा लियो।

१८ औं मिनेटमा प्रिती राईको फ्रि-किकमा विमला चौधरीको प्रहारलाई गोल किपर दिलनुराले बचाइन्। फर्किएको बलमा रेणुका नगरकोटीको लङ रेन्ज प्रहार क्रसबार माथिबाट थोरैले बाहिरियो।

२७ औं मिनेटमा प्रिती राईको प्रहारलाई गोलकिपरले पन्च गरेर बचाइन्। यसपछि पहिलो हाफको इन्जुरी समयमा नेपालले सुनौलो मौका गुमायो। रश्मि कुमारी घिसिङको प्रहार क्रस बारमा लागेर फर्कियो।।

रिबाउन्डमा पनि सबिताको प्रहारले फेरि क्रसबारमा लाग्यो। रिबाउन्डमा रेखाको प्रहारलाई किर्गिस्तानकी डिफेन्डरले क्लियर गरिदिईन्।

कीर्गिस्तानले पहिलो हाफमा पोष्ट चार्ज समेत गर्न सकेन्। बिमलाको गोलमा नेपालले पहिलो हाफमा १-० को अग्रता बनाएको छ।

आजै भएको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३-१ ले हराएको थियो।

March 26, 2025

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिना विश्वकपका लागि छनोट

एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]

March 25, 2025

‘मलेसियाको गतिविरुद्ध खेल्न सकेनौं’ – प्रशिक्षक रस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]

March 25, 2025

नेपाल मलेसियासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]

Success

Thank you for your time.