default_image

1 month ago

February 17, 2025

म्यानमारको विजयी सुरुवात

1451 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स फुटबल च्याम्पियनसिपमा दाबेदार म्यानमारले विजयी सुरुवात गरेको छ।

दशरथ रंगशालामा सोमवार म्यानमारले लेबनानलाई ३-१ गोल अन्तरले हरायो। म्यानमारको जितमा विन थेंगी तुन, श्वे यी तुन र सान थाअ थाअले समान १ गोल गरे। लेबबानको लागि लायला इस्कन्दरले सान्त्वना गोल गरिन्।

म्यानमारले आधा दर्जन भन्दा बढी मौका चुकाउँदस लेबनानकी गोल किपरले उत्कृष्ट बचावट गरिन्।खेलको १२ औं मिनेटमा म्यानमारले अग्रता लिने मौका गुमायो। खिन मो मो तुनले हानेको कडा प्रहार क्रसबारमा लागेर फर्कियो।

त्यसपछि २० औं मिनेटमा म्यानमारको प्रयासमा लेबनानकी गोलकिपर मर्सेली स्काइकीले सानदार बचावट गरिन्। नअ टेट टेट वाइको पहिलो प्रहार रोकिन्। रिबाउन्डमा यु पर खिनेको प्रहारलाई पनि बचाइन्।

त्यसपछि लिन मिन्ट मो को प्रहार साइड नेटबाट बाहिरियो। निरन्तर आक्रमण गरेको म्यानमारले २२औं मिनेटमा पनि गोल गर्न सकेन।

विन थेंगी तुनको प्रहार पोलमा लागेर फर्कियो। सो बललाई लिन मिन्ट मोले हानेको प्रहारलाई किपरले बचाइन्। लगतै खिन मो मो तुनको प्रहारलाई पनि किपर मर्सेली स्काइकीले रोकिन्।

आक्रमणमा कमजोर देखिएको लेबनानले ३४औं मिनेटमा भने सुनौलो मौका गुमायो। जावा अरबीको थ्रु पासमा लायला इस्कन्दरले दुई डिफेन्डर र गोल किपर म्यो म्या म्या नेएनले खाली पोष्टमा हानेको प्रहार पोलमा लागेर फर्कियो। पहिलो हाफ गोल रहित बराबरीमा सकियो।

खेलको ५७ औं मिनेटमा म्यानमारले अग्रता बनायो। कप्तान विन थेंगी तुनले बक्स बाहिरबाट हानेको उत्कृष्ट प्रहार गोलमा परिणत भयो। तर यो अग्रता ४ मिनेट भन्दा बढी टिक्न सकेन।

६१ औं मिनेटमा गोल किपर म्यो म्या म्या नेएन अगाडि बढ्दा लायला इस्कन्दरले खाली पोष्टमा सहजै गोल गरिन्। खेल १-१ गोलको बराबरीमा पुग्यो।

६८ औं मिनेटमा म्यानमारका फ्यु फ्यु विनले करिब २५ यार्ड टाढाबाट हानेको सशक्त प्रहार क्रसबारमा लागेर फर्कदा अग्रत लिने मौका गुमायो।

तर ७२ औं मिनेटमा यु पर खिनेको सटिक क्रसमा सब्स्टिच्युट खेलाडी श्वे यी तुनको हेडर सुन्दर गोलमा परिणत भयो। म्यानमारले २-१ को अग्रता बनायो।

७५ औं मिनेटमा ममयाट नोइले हानेको प्रहारलाई किपरले उत्कृष्ट बचावट गरिन्। रिबाउन्डमा साहरा सब्स्टिच्युट सान थाअ थाअले गोल गर्दै म्यानमारलाई ३-१ को जित दिलाइन्।

जितमा म्यानमारले ३ अंक बनाएको छ। आज हुने दोस्रो खेल घरेलु टोली नेपाल र किर्गिस्तानबीच हुनेछ। खेल साँझ ६ बजे सुरु हुनेछ।

March 26, 2025

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिना विश्वकपका लागि छनोट

एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]

March 25, 2025

‘मलेसियाको गतिविरुद्ध खेल्न सकेनौं’ – प्रशिक्षक रस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]

March 25, 2025

नेपाल मलेसियासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]

Success

Thank you for your time.