3 days ago
February 16, 2025
सुमन अधिकारी, बुटवल
आयोजक लखन ब्रदर्श युथ क्लब सेतो बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुटवल उपमहानगरपालिकाको संरक्षकत्व जारी प्रतियोगिताको आइतवार पहिलो सेमिफाइनलमा सम्पूर्ण युवा क्लब सुपौलीलाई ४-० ले पराजित गर्दै लखन सेतो फाइनलमा प्रवेश गरेको हो ।
सिद्धेश्वर खेलमैदानमा भएको खेलको ५५ औं मिनेटमा आयोजक सेतोका कप्तान मिलन आलेले गोल गर्दै टोलीलाई अग्रता दिलाए । लगत्तै विनोद भट्टराईले अर्को गोल गरे ।
यसैगरि ६५ औं मिनेटमा मिलनले अर्को गोल गरे । ७० औं मिनेटमा मिलनले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । मिलन नै प्लेयर अफ दी म्याच घोषित भए ।
प्रतियोगितामा सोमवार दोस्रो सेमिफाइनलमा सियारी गाँउपालिका र देवदह ब्वाइज क्लबबिच प्रतिस्पर्धा हुने क्लबका सचिव निरन्जन पन्तले बताए । फागुन ७ गतेसम्म चल्ने प्रतियोगितामा १६ टोलीले भाग लिएका छन ।
February 19, 2025
सुमन अधिकारी, बुटवल देवदह ब्वाइज लखन कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक लखन ब्रदर्श क्लबलाई बुधवार २-१ ले पराजित गर्दै देवदहले उपाधि जितेको हो । देवदह उपाधिका साथ १ लाख ५१ हजार ५ सय १५ रुपैयाँ र लखन ७५ हजार ७ सय ५७ रुपैयाँ प्राप्त गरेको छ । देवदहका सुभाष थारु प्रतियोगिताको […]
February 19, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एफसी चितवनले गोलकिपर विशाल श्रेष्ठलाई नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रिटेन गरेको छ । चितवनले बुधवार सामाजिक सञ्जालमार्फत विशाललाई रिटेन गरेको जनाएको छ। उनी एनएसएलको अघिल्लो संस्करणमा चितवनको मार्की खेलाडी थिए । यसपटक टोलीले राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन विष्टलाई मार्की खेलाडीका रुपमा भित्राइसकेको छ।टोलीको मुख्य प्रशिक्षकमा नवीन […]
February 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार-२०८१ बाट पुरस्कृत गरिने भएको छ । सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई प्रदान गर्ने पुरस्कार अन्तर्गत विभिन्न विधाका १० जना पुरस्कृत हुँदा खेलकुदबाट साम्बा पुरस्कृत हुने भएकी हुन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा […]