3 days ago
February 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली बुटवल लुम्बिनी एफसीले निराजन धामी र सरोज तामाङलाई रिटेन गरेको जनाएको छ।
निराजन र सरोज दुवै ‘बी’ क्याटगोरीका खेलाडी हुन्। बुटवल लुम्बिनीले जारी गरेको विज्ञप्तिमा प्रतिभाशाली युवा खेलाडी निराजन गत सिजन टोलीको महत्वपूर्ण सदस्यको रुपमा रहेको कारण उनी बाट तेस्रो सिजनमा थप अपेक्षा सहित रिटेन गरेको उल्लेख गरेको छ। उनले यु-२० राष्ट्रिय फुटबल टोलीबाट नेपालको प्रतिनिधित्व समेत गरिसकेका छन्।
युवा खेलाडी सरोज संभावना भएका खेलाडीको रुपमा रिटेन गरेको टिमले जनाएको छ।
लुम्बिनी बुटवलका अध्यक्ष सुशील कडरियाले निराजन र सरोजलाई रिटेन गर्ने सम्झौता गर्न सजिलो रहेको बताएका छन्। दुवै खेलाडीले तेस्रो सिजनमा महत्वपुर्ण योगदान दिनेमा आशावादी रहेको पनि विजप्तिमा उल्लेख छ।
यसअघि बुटवल लुम्बिनीले राष्ट्रिय टोली खेलाडीद्वय एरिक बिष्ट र मनिष डाँगीलाई अनुबन्ध गरिसकेको छ। एरिक गत सिजनका मार्की खेलाडी थिए। उनलाई ‘ए’ श्रेणीको खेलाडीको रूपमा क्लबले रिटेन गरेको हो। यो पटक टोलीले मनिषलाई मार्की खेलाडी बनाएको छ।
एनएसएलको शनिवार हुने बताइएको छ।
February 19, 2025
सुमन अधिकारी, बुटवल देवदह ब्वाइज लखन कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक लखन ब्रदर्श क्लबलाई बुधवार २-१ ले पराजित गर्दै देवदहले उपाधि जितेको हो । देवदह उपाधिका साथ १ लाख ५१ हजार ५ सय १५ रुपैयाँ र लखन ७५ हजार ७ सय ५७ रुपैयाँ प्राप्त गरेको छ । देवदहका सुभाष थारु प्रतियोगिताको […]
February 19, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एफसी चितवनले गोलकिपर विशाल श्रेष्ठलाई नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रिटेन गरेको छ । चितवनले बुधवार सामाजिक सञ्जालमार्फत विशाललाई रिटेन गरेको जनाएको छ। उनी एनएसएलको अघिल्लो संस्करणमा चितवनको मार्की खेलाडी थिए । यसपटक टोलीले राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन विष्टलाई मार्की खेलाडीका रुपमा भित्राइसकेको छ।टोलीको मुख्य प्रशिक्षकमा नवीन […]
February 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार-२०८१ बाट पुरस्कृत गरिने भएको छ । सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई प्रदान गर्ने पुरस्कार अन्तर्गत विभिन्न विधाका १० जना पुरस्कृत हुँदा खेलकुदबाट साम्बा पुरस्कृत हुने भएकी हुन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा […]