1 month ago
February 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले महिला अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपको पहिलो खेल नखेल्ने भएकी छिन्।
नेपालले सोमवार कीर्गिस्तान विरूद्धको खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । साम्बा भोलि बिहान मात्र फ्रान्सबाट स्वदेश आइपुग्नेछिन्।
प्रि म्याच कन्फरेन्समा आइतवार नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टाढाबाट आउँदैछिन् र उनलाई आराम चाहिने भएकोले पहिलो खेल नखेल्ने बताए।
साम्बा फ्रान्सको शीर्ष डिभिजन लिग एन अभान्ट ग्वेंगाम्पबाट व्यवसायिक फुटबल खेलिरहरकी छिन्। उनी भोलि बिहान ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन्।
ग्रिस खेलिरहेकी गोलकिपर एवम् कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा र दुबईमा खेलिरहेकी स्ट्राइकर रेखा पौडेल यसअघि नै स्वदेश फर्केर टोलीमा समावेश भइसकेका छन्।
फिफा विन्डो अन्तर्गत अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिप सोमवार सुरु हुँदैछ। जहाँ घरेलु टोली नेपाल सहित लेबनान, कीर्गिस्तान र म्यानमरले उपाधिका लागि खेल्दैछन्। राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।
पहिलो दिन सोमवार म्यानमार र लेबनानबिचको खेल दिउँसो २ बजे तथा नेपाल र कीर्गिस्तानबीच खेल साँझ ६ बजे सुरु हुनेछ।
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]