default_image

4 days ago

February 15, 2025

एरिक र मनिषले बुटवलबाट खेल्ने

819 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को टोली बुटवल लुम्बिनी फुटबल क्लब (बीएलएफसी) ले तेस्रो सिजनका लागि राष्ट्रिय टोलीका सदस्यद्वय एरिक विष्ट र मनिष डाँगीलाई अनुबन्ध गरेको छ ।

गत सिजन टोलीका मार्की खेलाडी रहेका एरिकलाई यसपटक बुटवलले ए श्रेणीको खेलाडीको भूमिकामा रिटेन गरेको छ । त्यस्तै मनिष डाँगीलाई भने क्लबले मार्की खेलाडीमा नियुक्त गरेको हो । मनिषले पहिलो सिजन विराटनगर सिटी एफसीबाट खेल्दा दोस्रो सिजनमा भने उपस्थित रहेका थिएनन् ।

एरिकले पहिलो सिजन ललितपुर सिटीबाट खेल्दा दोस्रो सिजन बुटवलबाट मार्की खेलाडी रहेका थिए । उनी ए डिभिजन लिगमा भने चर्च ब्वाइजबाट खेलिरहेका छन् । बुटवलले यस सिजनका लागि प्रशिक्षक घोषणा भने गरेको छैन ।

एनएसएलको अक्सन चैत १० गते हुँदैछ ।

February 19, 2025

च्याम्पियन्स ट्रफीको लाइभ आइसिसी टिभीमा

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी डट टिभिमा बुधवारबाट पाकिस्तान र युएइमा संयुक्त रुपमा सुरु हुने च्याम्पियन्स ट्रफी २०२५ का सबै खेलको नेपालमा प्रत्यक्ष प्रशारण हुनेभएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार प्रतियोगिताका सबै खेल आइसिसी डट टिभिमा प्रत्यक्ष प्रशारण हुने जनाएको हो । प्रत्यक्ष प्रशारण हेर्न एप स्टोर तथा प्ले स्टोरबाट आइसिसी टिभी डाउनलोड गर्नु […]

February 19, 2025

मिलान च्याम्पियन्स लिगबाट बाहिरियो

एजेन्सी – इटालियन क्लब एसी मिलान डच टोली फाइनोर्डसँग बराबरीमा रोकिदा च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्न असफल भएको छ । प्लेअफको दोस्रो लेगमा मंगलवार १-१ को बराबरी हुँदा डच टोली समग्रमा २-१ को अग्रता हासिल गर्‍यो । पहिलो लेग फाइनोर्डले १-० ले जितेको थियो । मिलानको मैदानमा भएको खेलमा फाइनोर्डका लागि जुलियन करान्जाले गोल […]

February 19, 2025

बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा

एजेन्सी –जर्मनीको बायर्न म्युनिख च्याम्पियन्स लिगको‌ अन्तिम १६ मा‌ पुगेको‌ छ। स्कटल्याण्डको‌ सेल्टिकसँग मंगलवार प्ले अफको दोस्रो लेगमा १-१ को‌ बराबरी खेल्दै बायर्नले प्रि क्वाटरफाइनलको यात्रा तय गरेको हो। इन्ज्युरी समयको चौथो मिनेटमा गोल गरेपछि बायर्न सेल्टिकसँग १-१ को‌ बराबरी गरेको हो। पहिलो लेगमा २-१ ले विजयी भएको बायर्न समग्रमा ३-२ को अग्रतासहित अघि बढेको […]

Success

Thank you for your time.