4 days ago
February 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली पोखरा थन्डर्सले तेस्रो संस्करणका लागि प्रशिक्षकमा सुमन श्रेष्ठलाई नियुक्त गरेको छ ।
सुरुवाती दुई सिजन नविन न्यौपाने प्रशिक्षक रहेको पोखराले यसपटक न्यौपाने चितवन गएपछि श्रेष्ठलाई अनुबन्ध गरेको हो । पछिल्लो समय लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई मोफसलका प्रतियोगितामा हेरिरहेका श्रेष्ठ त्यसअघि भुटानको फुन्त्सोलिङ युनाइटेडमा व्यस्त रहेका थिए ।
श्रेष्ठसँग यसअघि ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पामा काम गरेको अनुभव समेत रहेको छ । एएफसी ए लाइसेन्स प्राप्त प्रशिक्षक श्रेष्ठलाई पोखरा थन्डर्सका अध्यक्ष जाम्लिङ घलेले नियुक्ति पत्र दिएका थिए ।
पोखराले नयाँ सिजनका लागि मार्की खेलाडी तथा रिटेन हुने खेलाडीको सूची सार्वजनिक गरेको छैन । क्लबले मार्कीमा आयुष घलानलाई नै छनोट गर्ने सम्भावना रहेको छ ।
February 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पाकिस्तान र युएइमा संयुक्त रुपमा आयोजना हुने च्याम्पियन्स ट्रफी २०२५ का सबै खेलको नेपालमा प्रत्यक्ष प्रसारण हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार प्रतियोगिताका सबै खेल आइसिसी डट टिभिमा प्रत्यक्ष प्रशारण हुने जनाएको हो । प्रत्यक्ष प्रसारण हेर्न एप स्टोर तथा प्ले स्टोरबाट आइसिसी टिभी डाउनलोड गर्नु पर्नेछ । पाकिस्तान […]
February 19, 2025
एजेन्सी – इटालियन क्लब एसी मिलान डच टोली फाइनोर्डसँग बराबरीमा रोकिदा च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्न असफल भएको छ । प्लेअफको दोस्रो लेगमा मंगलवार १-१ को बराबरी हुँदा डच टोली समग्रमा २-१ को अग्रता हासिल गर्यो । पहिलो लेग फाइनोर्डले १-० ले जितेको थियो । मिलानको मैदानमा भएको खेलमा फाइनोर्डका लागि जुलियन करान्जाले गोल […]
February 19, 2025
एजेन्सी –जर्मनीको बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ। स्कटल्याण्डको सेल्टिकसँग मंगलवार प्ले अफको दोस्रो लेगमा १-१ को बराबरी खेल्दै बायर्नले प्रि क्वाटरफाइनलको यात्रा तय गरेको हो। इन्ज्युरी समयको चौथो मिनेटमा गोल गरेपछि बायर्न सेल्टिकसँग १-१ को बराबरी गरेको हो। पहिलो लेगमा २-१ ले विजयी भएको बायर्न समग्रमा ३-२ को अग्रतासहित अघि बढेको […]