9 hours ago
February 15, 2025
काठमाडौं (हाम्रो खोलकुद) – मैत्रीपूर्ण खेलमा चीनको युनान टिम विजयी भएको छ । नेपालको युवा टिमलाई २-० ले हराउँदै युनान टिमले जित निकालेको हो ।
चीनको नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना र नेपालस्थित चीनको दूतावासको सहयोगमा आज दशरथ रङ्गशालामा भएको मैत्रीपूर्ण खेलमा चीनको युनान टिमले सुरूवातदेखि नै दबाब बनायो ।
खेलको २० औं मिनेटमा मिनग्यु युले बक्स बाहिर बाट हानेको लामो प्रहार गोलमा परिणत भयो। पहिलो हाफमा चीनको युनान टिमले एक शुन्यको अग्रता बनायो।
दोस्रो हाफमा पनि नेपाल खेलमा फर्कन सकेन्। ७८ औं मिनेटमा वाङ बिनहानले उत्कृष्ट गोल गर्दै टिमको अग्रता दुगुना गरे। यो सँगै चीनको युनान टिमले नेपाली युवा टोलीलाई २-० ले माथ दियो।
यो पटक चीनले गत वर्ष भन्दा बलियो टिम मैदानमा उतार्दै जित निकालेको हो। गत संस्करण भने नेपालले मैत्रिपूर्ण खेल जितेको थियो।
राष्ट्रिय खेलकुद परिषद्, नेपाल टुरिजम बोर्ड, नेपाल उसु महासंघ र सशस्त्र प्रहरी बलसँग सहकार्य गरेर चिनीयाँ दूतावासले यो खेल सञ्चालन गरेको हो। खेल अगाडि विभिन्न उसु खेलाडीहरू लगायतले विभिन्न प्रस्तुति प्रदर्शन गरेका थिए। दूतावासले एन्फालाई टिम तयारीका लागि २३ लाख उपलब्ध गराएको थियो ।
February 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को टोली बुटवल लुम्बिनी फुटबल क्लब (बीएलएफसी) ले तेस्रो सिजनका लागि राष्ट्रिय टोलीका सदस्यद्वय एरिक विष्ट र मनिष डाँगीलाई अनुबन्ध गरेको छ । गत सिजन टोलीका मार्की खेलाडी रहेका एरिकलाई यसपटक बुटवलले ए श्रेणीको खेलाडीको भूमिकामा रिटेन गरेको छ । त्यस्तै मनिष डाँगीलाई भने क्लबले मार्की खेलाडीमा […]
February 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली पोखरा थन्डर्सले तेस्रो संस्करणका लागि प्रशिक्षकमा सुमन श्रेष्ठलाई नियुक्त गरेको छ । सुरुवाती दुई सिजन नविन न्यौपाने प्रशिक्षक रहेको पोखराले यसपटक न्यौपाने चितवन गएपछि श्रेष्ठलाई अनुबन्ध गरेको हो । पछिल्लो समय लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई मोफसलका प्रतियोगितामा हेरिरहेका श्रेष्ठ त्यसअघि भुटानको फुन्त्सोलिङ युनाइटेडमा […]
February 15, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताले नयाँ च्याम्पियन पाएको छ। ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई शनिवार ३-१ ले हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४ औं आहा राराको उपाधि जितेको छ। आहा रारा जित्ने ब्ल्याक बुल्स दोस्रो विदेशी टोली बनेको छ। यसअघि २०६२ सालमा पुलिसलाई नै हराएर अफ्रिकन युनाइटेडले उपाधि जितेको थियो। पाँच […]