default_image

12 hours ago

February 15, 2025

आहा राराको फाइनल आज -पुलिस र बुल्स भिड्दै

676 views

0 Bookmark

पोखरा(हाम्रो खेलकुद)- २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा आज पोखरा रंगशालामा ६ पटकको च्याम्पियन नेपाल पुलिस फुटबल क्लबको सामना उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले गर्देछ।

पुलिस पोखरामा सर्वाधिक ७ पटक च्याम्पियन बन्ने दाउमा रहेको छ। यसको लागि उसले उज्वेकिस्तानको ब्ल्याक बुल्सको कडा चुनौती पार गर्नुपर्नेछ।

बुल्सको आहा रारामा पहिलो सहभागीता हो। तर उसले दुई खेलमा गरेको प्रदर्शन प्रभावशाली रहेको छ। उसले दुवै खेल निर्धारित समयमा सहजै नतिजामा जितेको थियो। त्यसैले आज पुलिसलाई पनि कडा चुनौती दिने अनुमान लगाउन सकिन्छ।

पुलिस र ब्ल्याक बुल्स दुवै जारी प्रतियोगितामा अब्बल देखिएका छन्। पुलिसले ३ खेल र ब्ल्याक बुल्सले २ खेल जितेका छन्। यो क्रममा दुवै टिमले एक गोल पनि खाएका छैनन्।

पुलिसले पहिलो खेलमा आयोजक साहार क्लबलाई १-० ले, क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज युकेलाई २-० ले र सेमिफाइनलमा ए डिभिजन विजेता चर्च ब्वाइजलाई १-० ले माथ दिएर फाइनलको यात्रा तय गरेको थियो।

सिधै क्वाटरफाइनल खेलेको ब्ल्याक बुल्सले सिक्किमको थन्डर बोल्ट नर्थ युबाइटेडलाई ३-० र ५ पटकको विजेता थ्री स्टारलाई ४-० को हार चखाएको थियो।‌ दुवै खेलमा प्रभावशाली प्रदर्शन गरेको बुल्सलाई रोक्न पुलिसलाई सहज हुने छैन।

पलिसमा स्टार खेलाडीले छैनन्। युवा खेलाडी अहिले टोलीमा छन्। उनीहरूले नियमित प्रशिक्षण गरिरहेका छन्। जुन उसको मजबुत पक्ष बन्न सक्छ। उसले जितेको ३ खेलमा सेट पिसबाट गोल गरेको छ।

बुल्सले पनि यसलाई राम्ररी नियालेको हुनुपर्छ। त्यसैले आज पुलिसका फर्वाडलाई चुनौती रहने देखिन्छ। यु-२३ टिमको लागि आषिश राई र सुजन मगर टोलीमा नहुँदा केहि असर पर्न सक्छ।

आहा रारा गोल्ड कप अहिलेसम्म पुलिस र मानाङ मर्स्याङ्दी क्लबले समान ६/६ पटक जितेका छन्। २०७४ पछि पुलिसले उपाधि जित्न सकेको छैन।

आज हुने फाइनल खेल जिते पुलिस सातौं पटक च्याम्पियन बन्नेछ। ब्ल्याक बुल्सले जितेमा पहिलो सहभागितामा नै च्याम्पियन बन्नेछ। साथै आहा राराले नयाँ च्याम्पियन पाउनेछ।

फाइनल खेल दिउँसो २:३० बजे हुनेछ। फाइनलको हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ।

February 15, 2025

एरिक र मनिषले बुटवलबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को टोली बुटवल लुम्बिनी फुटबल क्लब (बीएलएफसी) ले तेस्रो सिजनका लागि राष्ट्रिय टोलीका सदस्यद्वय एरिक विष्ट र मनिष डाँगीलाई अनुबन्ध गरेको छ । गत सिजन टोलीका मार्की खेलाडी रहेका एरिकलाई यसपटक बुटवलले ए श्रेणीको खेलाडीको भूमिकामा रिटेन गरेको छ । त्यस्तै मनिष डाँगीलाई भने क्लबले मार्की खेलाडीमा […]

February 15, 2025

पोखराको प्रशिक्षकमा श्रेष्ठ नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली पोखरा थन्डर्सले तेस्रो संस्करणका लागि प्रशिक्षकमा सुमन श्रेष्ठलाई नियुक्त गरेको छ । सुरुवाती दुई सिजन नविन न्यौपाने प्रशिक्षक रहेको पोखराले यसपटक न्यौपाने चितवन गएपछि श्रेष्ठलाई अनुबन्ध गरेको हो । पछिल्लो समय लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई मोफसलका प्रतियोगितामा हेरिरहेका श्रेष्ठ त्यसअघि भुटानको फुन्त्सोलिङ युनाइटेडमा […]

February 15, 2025

नेपाली युवा टोली पराजित

काठमाडौं (हाम्रो खोलकुद) – मैत्रीपूर्ण खेलमा चीनको युनान टिम विजयी भएको छ । नेपालको युवा टिमलाई २-० ले हराउँदै युनान टिमले जित निकालेको हो । चीनको नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना र नेपालस्थित चीनको दूतावासको सहयोगमा आज दशरथ रङ्गशालामा भएको मैत्रीपूर्ण खेलमा चीनको युनान टिमले सुरूवातदेखि नै दबाब बनायो । खेलको […]

Success

Thank you for your time.