1 day ago
February 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी फुटबल क्लबले गत सिजन उपाधि जित्दा टोलीको महत्त्वपूर्ण सदस्य रहेका सनिश श्रेष्ठ र आदित्य शाक्यलाई रिटेन गरेको छ ।
एनएसएल आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानजेमेन्ट (एनएसइएम) ले अक्सन मिति र रिटेन गर्ने प्रावधान घोषणा गरेको भोलिपल्ट नै ललितपुरले खेलाडी रिटेन गरेको जानकारी दिएको छ । ए श्रेणीबाट सनिश र बी श्रेणीबाट आदित्यलाई टोलीले रिटेन गरेको हो । सनिश राष्ट्रिय टोलीका नियमित सदस्य हुन् भने आदित्य गत सिजन फाइनलको -प्लेयर अफ द म्याच चुनिएका थिए । दुवै हाल मछिन्द्र क्लबबाट मोफसलका प्रतियोगिता खेलिरहेका छन् ।
ललितपुरले मार्की खेलाडीमा पनि अनन्त तामाङलाई नै निरन्तरता दिने तयारी गरिरहेको छ । यद्यपि त्यसको अधिकारिक घोषणा भने भइसकेको छैन । अनन्त हाल चर्च ब्वाइज युनाइटेडको कप्तान रहेका छन् । उनी ए डिभिजन लिग र एनएसएलको दुवै वर्तमान च्याम्पियन टोलीका कप्तान हुन् ।
ललितपुरले यस सिजन प्रशिक्षकको भूमिकामा इंग्लिस फुटबलमा भरपुर अनुभव बोकेका साइमन ग्रेसनलाई मुख्य प्रशिक्षकमा भित्र्याइसकेको छ । गत सिजन अष्ट्रेलियन इयान गिलानले टोलीलाई उपाधि दिलाएका थिए ।
यो पनि पढ्नुहोस : एनएसएल अक्सनको मिति तय
February 15, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताले नयाँ च्याम्पियन पाएको छ। ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई शनिवार ३-१ ले हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४ औं आहा राराको उपाधि जितेको छ। आहा रारा जित्ने ब्ल्याक बुल्स दोस्रो विदेशी टोली बनेको छ। यसअघि २०६२ सालमा पुलिसलाई नै हराएर अफ्रिकन युनाइटेडले उपाधि जितेको थियो। पाँच […]
February 15, 2025
पोखरा(हाम्रो खेलकुद)- २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा आज पोखरा रंगशालामा ६ पटकको च्याम्पियन नेपाल पुलिस फुटबल क्लबको सामना उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले गर्देछ। पुलिस पोखरामा सर्वाधिक ७ पटक च्याम्पियन बन्ने दाउमा रहेको छ। यसको लागि उसले उज्वेकिस्तानको ब्ल्याक बुल्सको कडा चुनौती पार गर्नुपर्नेछ। बुल्सको आहा रारामा पहिलो सहभागीता हो। तर उसले […]
February 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका फरवार्ड अन्जन विष्ट नेपाल सुपर लिगको फ्रेन्चाइज फुटबल क्लब चितवनको मार्की खेलाडीमा सार्वजनिक भएका छन् । गत सिजन झापा फुटबल क्लबको मार्की रहेका अन्जनलाई यसपटक चितवनले अनुबन्ध गरेको छ । चितवनले यसअघि प्रशिक्षकमा नविन न्यौपानेलाई अनुबन्ध गरेको थियो । अन्जन राष्ट्रिय टोलीमा सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त […]