4 hours ago
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि अक्सन हुने मिति तय भएकाे छ ।
एनएलएसले आयोजक नेपाल स्पोर्ट्स एन्ड म्यानेजमेन्ट (एनएसइएम) ले बिहीवार विज्ञप्ति जारी गरी अक्सन आगामी फागुन १० गते हुने घोषणा गरेको हो ।
अक्सनमा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ श्रेणीसँगै विदेशी तथा आइकोनिक खेलाडी रहनेछन् । यसपटक अक्सनमा ए र बी श्रेणीका खेलाडीमाथि मात्र बोली लाग्ने विज्ञप्तिमा उल्लेख छ । सी श्रेणीका लागि भने पछि ड्राफ्ट मार्फत खेलाडी छनोट गरिनेछ ।
लिगमा ७ टोलीले सहभागी हुनेछन् । गत सिजन प्रवेश गरेका ३ मध्य स्पोर्टिङ इलाम डे मेची एफसी र वीरगंज युनाइटेड एफसीले यसपटक लिगमा सहभागिता जनाएका छैनन् ।
झापा एफसीसँगै एफसी चितवन, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी एफसी, पोखरा थन्डर्स एफसी र धनगढी एफसीले यसपटक एनएसएल खेल्नेछन् । ललितपुर साविक विजेता समेत हो ।
यसपटक सहभागी टोलीले गत सिजनको टिमबाट खेलाडी रिटेन अर्थात आफ्नै टिममा राख्न पाउने व्यवस्था समेत गरिएको छ । विज्ञप्ति अनुसार हरेक टोलीले २-३ खेलाडी रिटेन गर्न पाउने उल्लेख गरिएको छ ।
एनएसएलले २२ देखि २३ खेलाडी राख्दै तल राखिएको प्रावधान अनुसार टोली निर्माण गर्न सक्नेछन् :
१ मार्की खेलाडी
२-३ ए श्रेणीका खेलाडी
६ बी श्रेणीका खेलाडी
३ सी श्रेणीका खेलाडी
१ डी श्रेणीका खेलाडी
१ रुकी
६ विदेशी वा आइकोनिक खेलाडी
१ एनआरएन खेलाडी
एनएसइएमका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीका अनुसार विदेशमा रहेका नेपाली खेलाडीले एनआरएनए कोटामा एनएसएल टोलीबाट खेल्न पाउनेछन् । विदेश पुगेका नेपाली खेलाडीलाई स्वदेश फर्काउन यो कदम चालिएको कार्कीले जानकारी दिए ।
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मातातीर्थको ब्राइट होराइजन चिल्ड्रेन होम र सल्लाघारीको सैनिक आवासीय महाविद्यालय दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन स्कुल टाइब्रेकरमा ५-४ ले हराउँदै ब्राइट होराइजन अन्तिम चारमा पुगेको हो। निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। ब्राइट होराइजनका सन्देश महतरा प्लेयर […]
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको संख्या घटेको छ। यसपटक ७ टोलीले मात्र एनएसएल खेल्ने भएका छन् । दोस्रो संस्करण खेलेका स्पोटिङ इलाम दे मेची र वीरगन्ज युनाइटेडले यसपटक नखेल्ने भएका हुन्।पहिलो संस्करणमा ७ र दोस्रो संस्करणमा ९ टोलीले एनएसएल खेलेका थिए। पहिलो संस्करणमा विराटनगर सिटी एफसीले दोस्रो संस्करण खेलेन […]
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ५ पटकको च्यम्पियन थ्रीस्टार क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी २४ औं आहा! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बिहीवार भएको दोस्रो सेमिफाइनलमा थ्रीस्टारलाई ४-० गोल अन्तरले हराउँदै ब्ल्याक बुल्स उपाधि नजिक पुगेको छ। २५ औ मिनेटमा कुभोन्चभिकको गोलमा ब्ल्याक बुल्सले अग्रता बनायो। पहिलो हाफमा १-० ले पछि […]