3 hours ago
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनमाया दमाई र सुष्मा तामाङ हमाललाई पहिलो पटक समेट्दै महिला राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ।
अर्को साता सुरु दशरथ रंगशालामा हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले २३ सदस्यीय टोलीको बिहीवार घोषणा गरेका हुन् ।
मनमाया र सुष्मा पहिलो पटक टोलीमा पर्दा चन्द्रा भण्डारी र रेनुका हमालले राष्ट्रिय टोलीमा पुनरागमन गरेकी छिन् ।
कात्तिकमा भएको साफ च्याम्पियनसिपमा रहेका ४ खेलाडी यसपटक टोलीमा छैनन् । हिरा भुजेल, दीपा शाही चोटका कारण अनिषा कार्की सेनाको आन्तरिक प्रशिक्षणमा रहेका कारण टोलीमा छैनन्। सजनी थोकर भने यसपटक टोलीमा परिनन्।
नेपालसहित कीर्गिस्तान, म्यानमार र लेबननको सहभागिता फागुन ५ देखि १४ गतेसम्म च्याम्पियन्सिप हुँदैछ।
नेपाली महिला राष्ट्रिय टोली
गोलकिपर – एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर,उषा नाथ
डिफेन्डर – अमृता जैसी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, विमला चौधरी, मनमाया दमाई
मिडफिल्ड – अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सुरु लिम्बु,सविता राना मगर, रेनुका हमाल, सुष्मा तामाङ
फरवार्ड – सावित्रा भण्डारी, रश्मिकुमारी घिसिङ,चन्द्रा भण्डारी,अनिता केसी, रेखा पौडेल
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मातातीर्थको ब्राइट होराइजन चिल्ड्रेन होम र सल्लाघारीको सैनिक आवासीय महाविद्यालय दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन स्कुल टाइब्रेकरमा ५-४ ले हराउँदै ब्राइट होराइजन अन्तिम चारमा पुगेको हो। निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। ब्राइट होराइजनका सन्देश महतरा प्लेयर […]
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको संख्या घटेको छ। यसपटक ७ टोलीले मात्र एनएसएल खेल्ने भएका छन् । दोस्रो संस्करण खेलेका स्पोटिङ इलाम दे मेची र वीरगन्ज युनाइटेडले यसपटक नखेल्ने भएका हुन्।पहिलो संस्करणमा ७ र दोस्रो संस्करणमा ९ टोलीले एनएसएल खेलेका थिए। पहिलो संस्करणमा विराटनगर सिटी एफसीले दोस्रो संस्करण खेलेन […]
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि अक्सन हुने मिति तय भएकाे छ । एनएलएसले आयोजक नेपाल स्पोर्ट्स एन्ड म्यानेजमेन्ट (एनएसइएम) ले बिहीवार विज्ञप्ति जारी गरी अक्सन आगामी फागुन १० गते हुने घोषणा गरेको हो । अक्सनमा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ श्रेणीसँगै विदेशी तथा आइकोनिक खेलाडी रहनेछन् । यसपटक […]