1 month ago
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- सिजनको पहिलो नकआउट खेल्ने क्रममा पोखरा आएको थ्री स्टार क्लबले विजयी सुरुवात गरेको थियो। त्यो जितले थ्री स्टार २४ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको थियो।
बलियो मानिएको मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टीमा ४-२ ले हराउँदै अघि बढेको थ्री स्टारले त्यो भन्दा बलियो चुनौतीको सामना सम्भवतः आजको खेलमा गर्नुपर्ने हुनसक्छ।
जहाँ ५ पटकको विजेता थ्री स्टारले पहिलो पटक आहा रारामा भाग लिएको उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीको सामना गर्नेछ।
ब्ल्याक बुल्सले भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेडलाई ३-० ले हराउँदै थ्री स्टारसँगको भेट पक्का गरेको थियो। आहा राराको दुई पटकको च्याम्पियन संकटा क्लबलाई ३-१ ले हराएर थन्डरबोल्ट क्वाटरफाइनलमा पुगेको थियो।
तर उज्वेक टोलीले थन्डरबोल्टलाई त्यहाँबाट अघि बढ्न दिएन । थ्री स्टार र ब्ल्याक बुल्सबिचको विजेताले शनिवार नेपाल पुलिस क्लबसँग फाइनल खेल्नेछ।
६ पटकको विजेता पुलिस जारी आहा रारामा लगातार ३ खेल जित्दै उपाधि नजिक पुगेको हो । पुलिसको यो कीर्तिमानी ११ औं फाइनल यात्रा हो । टोली ५ वर्षपछि फाइनल पुग्न सफल भएको हो।
आज थ्री स्टार विजयी भएको खण्डमा टोली आठौं पटक फाइनल पुग्नेछ। पुलिस र थ्रीस्टारले यसअघि आहा रारामा एक पटक मात्र २०७४ मा फाइनल खेलेका थिए।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]