default_image

2 hours ago

February 12, 2025

आहा! राराको २ सय ५० औं खेल आज

276 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- पोखरा रंगशालामा आज अर्को कीर्तिमान बन्नेछ। जारी २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज पहिलो सेमिफाइनल हुँदैछ।

आहा राराको इतिहासमा त्यो २ सय ५० औं खेल हो। संयोग आहाको सर्वाधिक सफल टोलीमध्येको एक नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडको सामना गर्दैछ। पुलिस र चर्च ब्वाइज अघिल्ला दुई खेल जत्दै सेमिफाइनल पुगेको हो ।

पुलिसले यो सिजन पोखरामा‌ मात्र सफलताको स्वाद चाखेको हो । आयोजक सहारालाई १-० ले हराएको पुलिसले क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज एफसीलाई २-० ले पराजित गरेको थियो।

यो सिजन ५ वटा नकआउट फाइनल खेलेर २ उपाधि जितेको चर्च ब्वाइजले पहिलो खेलमा एनआरटीलाई सडन डेथमा हराएको थियो।

क्वाटरफाइनलमा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० ले निराश पार्दै चर्च ब्वाइजले पुलिससँगको भेट पक्का गरेको हो ।

हरेक खेलबाट केहि न केहि नयाँ तथ्य जोडिनेछ। आहा राराको २४ औं संस्करणसम्म आइपुग्दा घरेलु फुटबलमा थुप्रै तथ्याङ्क बनिसकेको छ।

२०५८ सालमा क्याराभान गोल्डकपको नामबाट सुरु भएको प्रतियोगिता दोस्रो संस्करण आहा त्यसको केहि पछि आहा रारा र पछिल्लो संस्करणबाट आहा रारा पोखरा गोल्डकपका नामले स्थापित छ।

सुरुवातबाट हरेक वर्ष आयोजना हुने घरेलु फुटबलको यो एक मात्र नकआउट फुटबल प्रतियोगिता हो।
क्याराभानको उद्घाटन खेल सहारा ह्वाइट र नक्साल क्लबबिच भएको थियो।

२०६२ मा भएको पाँचौं सस्करणमा मनाङ मस्र्याङ्दी क्लब र पुलिसको खेल आहा राराको ५० औं खेल थियो । २०६७ मा भएको दसौं संस्करणमा प्रतियोगिताको एक सयौं खेल पूरा थियो । त्यो खेल आयोजक सहारा र धरानबिच भएको थियो ।

२०७१ मा भएको १४ औं संस्करणमा प्रतियोगिताको १ सय ५० औं खेल खेल पूरा भएको थियो । जसमा थ्री स्टार र झापा भिडेका थिए । २ सयौं खेलमा मनाङ र झापाबिच २०७६ सालको १९ औं भएको थियो ।

आहा राराको २ सय ५० औँ खेलमा पुलिस र चर्च ब्वाइज भिड्दै छन् । आहा राराका लागि यो अर्को कोसेढुंगा हुनेछ।

February 12, 2025

एन्जिला आज स्वदेश आउँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट आज स्वदेश आइपुग्दै छिन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एन्जिला आज दिउँसो १:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् । एन्जिला ग्रिसको निस अट्रोमिटौबाट व्यवसायीक फुटबल खेल्दै आएकी छिन् । अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि उनी […]

February 12, 2025

चेल्सीकी स्टार स्ट्राइकर केर निर्दोष ठहर

एजेन्सी – चेल्सीकी स्टार स्ट्राइकर साम केरलाई बेवकुफ र सेतो भनेपछि जातीय रूपमा उत्प्रेरित दुर्व्यवहारको आरोपबाट अदालतले निर्दोष ठहर गरेको छ। किङ्स्टन क्राउन अदालतको ज्यूरीले ३० जनवरी २०२३ मा दक्षिण-पश्चिम लन्डनको ट्विकेनहममा भएको घटनासँग सम्बन्धित मुद्दामा केरलाई सफाइ दिएको हो। ३१ वर्षीया केरले आफूलाई प्रहरीले उक्साएको बताएकी छन्। उनलाई एक ट्याक्सी चालकले विवादपछि प्रहरी कार्यालयमा […]

February 12, 2025

पिएसजीको सहज जित

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जेर्मन(पिएसजी), जर्मन क्लब बुरुसिया डर्टमुन्ड र इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगको प्लेअफको पहिलो लेग खेलमा बुधवार जित हात पारेका छन् । पिएसजीले अर्को फ्रान्सेली क्लब ब्रेस्टलाई ३-० ले पराजित गर्यो । ब्रेस्टको घरेलु मैदानमा भएको खेलमा पिएसजीको जितमा ओस्मान डेम्बेलेले २ र भिटिन्हाले १ गोल गरे । भिटिन्हाले २१औं […]

Success

Thank you for your time.