default_image

1 month ago

February 12, 2025

पिएसजीको सहज जित

235 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जेर्मन(पिएसजी), जर्मन क्लब बुरुसिया डर्टमुन्ड र इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगको प्लेअफको पहिलो लेग खेलमा बुधवार जित हात पारेका छन् ।

पिएसजीले अर्को फ्रान्सेली क्लब ब्रेस्टलाई ३-० ले पराजित गर्यो । ब्रेस्टको घरेलु मैदानमा भएको खेलमा पिएसजीको जितमा ओस्मान डेम्बेलेले २ र भिटिन्हाले १ गोल गरे ।

भिटिन्हाले २१औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई जिताएका थिए । डेम्बेलेले खेलको ४५औं र ६६औं मिनेटमा गोल गरेका थिए । दोस्रो लेगको पिएसजीको घरेलु मैदानमा फेब्रुअरी २० मा‌ हुनेछ।

युभेन्टसले डच क्लब पिएसभीलाई पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा युभेन्टस २-१ ले विजयी भयो । दुई टोली बीचको दोस्रो लेगको खेल फेब्रुअरी २० मा हुनेछ।

अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डले पोर्चुगलको क्लब स्पोर्टिङ सिपीलाई पराजित गरेको छ । स्पोर्टिङको घरेलु मैदानमा भएको खेलमा डर्टमुन्ड ३-० ले विजयी भएको हो । दुईबीचको दोस्रो लेगको १९ फेब्रअरीमा डर्टमुन्टको मैदानमा हुनेछ ।

अर्को खेलमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-२ ले हराएको छ। दुई‌पटक‌ खेलमा पछि परेर पनि रियलले खेल उल्टाएको थियो।

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.