default_image

1 month ago

February 11, 2025

च्याम्पियन्स लिग – रियल र सिटी भिड्दै

1072 views

0 Bookmark

एजेन्सी – पेप ग्वार्डिओलाको टोली म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रियल मड्रिडसँग घरेलु मैदानमा खेल्दैछ।

रियल र सिटी दुवैले च्याम्पियन्स लिगको नयाँ लिग-चरण प्रारुपमा शीर्ष आठ भित्र स्थान बनाउन नसक्दा स्वतः अन्तिम १६ मा पुग्न असफल रहे।

रियल ११औं स्थानमा रह्यो भने सिटी २२औं स्थानमा रहेपछि दुई लेगको प्लेअफ खेल्नुपर्ने भएको हो।

दुई लेगमा जित दर्ज गर्ने टोली अन्तिम १६ मा पुग्नेछ। जहाँ एट्लेटिको मड्रिड वा बायर लेभरकुसेनमध्ये एकसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

इंग्लिस प्रिमियर लिगमा पनि सिटीले निराशाजनक प्रदर्शन गरिरहेको छ। लिग तालिकामा पाँचौं स्थानमा रहेको सिटी शीर्षस्थानको लिभरपुलभन्दा १५ अंकले पछि परेको छ।

खेल अगाडि सिटीका डिफेन्डर रुबेन डियस भन्छन्, ‘म्यानचेस्टर सिटीले अझै उपलब्धि हासिल गरेर सबैभन्दा कठिन सिजनलाई जोगाउन सक्छ।’

पछिल्लो छ सिजनमा पाँचौं पटक सिटीले च्याम्पियन्स लिगको नकआउट चरणमा रियलको सामना गर्दैछ।
गत सिजनको क्वाटरफाइनलमा यी दुई टोली भिड्दा पेनाल्टी सुटआउटमा रियल विजयी बनेको थियो।

त्यसपछि कार्लो एन्सेलोट्टीको टोलीले आफ्नो १५औं च्याम्पियन्स लिग उपाधि जितेको थियो। सिटीले शनिवार एफए कपमा लिग वन क्लब लेटन ओरियन्टविरुद्ध २-१ को कठिन जित निकालेको थियो। जुन आर्सनल विरुद्ध ५-१ को प्रिमियर लिग पराजयपछि संभव भएको थियो।

रियलको पछिल्लो प्रदर्शन पनि मिश्रित छ। टोलीले कोपा डेल रे क्वाटर-फाइनलमा लेगानेसलाई स्टपेज-टाइममा गोल गर्दै ३-२ ले हरायो।

यसपछि शनिबार एट्लेटिको म्याड्रिडसँग १-१ को बराबरी खेल्यो। ला लिगाको शीर्ष स्थानमा रहे पनि रियलले पछिल्ला दुई लिग खेलमा एक अंक मात्र जोडेको छ।

ग्वार्डिओलाले ओरियन्ट विरुद्ध धेरै खेलाडीहरूलाई विश्राम दिए। जसले गर्दा उनीहरूसँग लगभग पूर्ण टोली उपलब्ध हुने सम्भावना रहेको छ।

रुबेन डियास र जोन स्टोन्सले एफए कप खेलमा आधा समय खेले। जबकी एडरसन र नाथन आके अनुपस्थित थिए। यी सबै खेलाडीहरू रियलविरुद्ध फिट हुन सम्भावना छ।

यता रियलमा चोटको समस्या बढिरहेको छ। पछिल्लो समय लुकास भास्क्वेज पनि घाइते भएका छन्।
भास्क्वेजले यो सिजन डानी कार्भाहालको लामो अनुपस्थितिमा राइट-ब्याकमा खेलेका थिए।

स्पेनिस क्लब रियलसँग सेन्टर-ब्याकहरू एन्टोनियो रुडिगर, डेविड आलाबा र एडर मिलिटाओ पनि उपलब्ध हुने छैनन्।

रियलका प्रशिक्षक एन्सेलोट्टी भन्छन्,’ यदि सिटीलाई पराजित गरेर च्याम्पियन्स लिगको फाइनल पुग्ने हो भने साहस र हिम्मत जरुरी छ।’ यो खेललाई उनले मानसिकता कुरा हो पनि भनेका छन्। उनले सिटी निकै बलियो र खतरानाक रहने जिकिर पनि गरे।

हामी जहाँ छौं आफु यस विषयमा जानकार रहेको र आफ्नो टोली विशेष रहेको भन्दै यसलाई प्रमाणित गर्ने ग्वार्डिओलाले बताएका छन्।‌ खेल इतिहाद रंगशालामा आज राति १:४५ बजे हुनेछ। आज अन्य ४ खेल पनि हुनेछ।

March 26, 2025

फिफाका पूर्व अध्यक्ष ब्लाटरसँगै प्लाटिनीले पाए सफाई

एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]

March 26, 2025

ललितपुर सिटीका इमोह  र पापा आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न  इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा‌ च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह   गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको‌ फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले  […]

March 26, 2025

एन्फाको बजेट १ अर्ब ५६ करोड!

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]

Success

Thank you for your time.