default_image

10 hours ago

February 10, 2025

प्लानिङ ब्वाइजलाई नव ज्योति च्यालेन्ज कप उपाधि

236 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

सहिद स्मारक ‘बी’ डिभिजन टोली प्लानिङ ब्वाइज काठमाडौंले आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

झापाको बुद्धशान्तिस्थित जयपुरमा आज भएको फाइनलमा सुनसरीको न्यु स्टार एफसीमाथि एकोहोरो दबाब सिर्जना गर्दै प्लानिङ ब्वाइज च्याम्पियन भएको हो । प्लानिङ ब्वाइजले न्यु स्टारलाई ३-० ले हरायो ।

प्लानिङ ब्वाइजका लागि झापाली डिफेन्डर राजेश शाहले खेलको चौथो र आठौँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ६६ औँ मिनेटमा अरमान बेडोङले अर्को एक थोल थपे ।

उपाधिसँगै प्लानिङ ब्वाइजले २ लाख २५ हजार, ट्रफी र दोस्रो टोली न्यु स्टार एफसीले १ लाख २५ हजार रुपैयाँ ट्रफी प्राप्त गर्यो ।

त्यस्तै, प्रतियोगिताको विजेता टोली प्लानिङ ब्वाइजका युवराज पुरी उत्कृष्ट गोलकिपर, आयोजक नव ज्योति युथ क्लबका अनिल गिरी उदीयमान खेलाडी चुनिए । न्यु स्टारका मिलन लिम्बू सर्वाधिक गोलकर्ता रहे । उनीहरुले समान १० हजार रुपैयाँ र ट्रफी पाए ।

त्यस्तै प्लानिङ ब्वाइजका प्रताप राई प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी भए । उनले १५ हजार रुपैयाँ ट्रफी पाए । उनी यसअघि दुई खेलमा प्लेयर अफ द म्याच भएका थिए ।

प्लानिङ ब्वाइज भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसीमाथि शानदार जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । त्यस्तै, आयोजक नव ज्योति युथ क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

प्रतियोगिताका विजेता तथा उपविजेतालाई बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं, उपाध्यक्ष भवानी खतिवडा, झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेत, क्लबका अध्यक्ष गोपाल पोखरेल, उपाध्यक्ष भरत खतिवडा, ज्योति श्रेष्ठ, सचिव मुकेश भट्टराई लगायतले पुरस्कार वितरण गरेका थिए ।

February 10, 2025

ग्रिन भिलेज एजुकेशन फाउण्डेशन अन्तिम आठमा

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । सोमवार भएको प्रि क्वाटरफाइनलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशनले कीर्तिपुरकै ग्रिन भिलेज सेकेण्डरी स्कुललाई २-० ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो । विजयी टोलीका लागि दुवै गोल सोप्निल बस्नेतले गरे । सोप्निल […]

February 10, 2025

कनकाई अन्तरपालिका फुटबलको सेमिफाइनलमा

हिमाल खरेल ,बिर्तामोड उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४-० ले पराजित गर्दै कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा कनकाई नगरपालिकाकी स्वस्तिका विकले खेलको पाँचौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएकी थिइन् […]

February 10, 2025

आर्मीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- खेलको अन्त्यतिर राज भुषालको निर्णायक गोलमा चर्च ब्वाईज युनाइटेड पोखरामा जारी २४ औं आहा! रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रगंशालामा सोमवार तेस्रो क्वाटरफाइनलमा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० ले हराउँदै चर्च ब्वाईजले अन्तिम चारमा स्थान पक्का गरेको हो। ८९औं नविन लामाको कर्नरमा राजले पोष्टको अगाडि हेडर […]

Success

Thank you for your time.