default_image

1 month ago

February 10, 2025

आर्मीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

1367 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- खेलको अन्त्यतिर राज भुषालको निर्णायक गोलमा चर्च ब्वाईज युनाइटेड पोखरामा जारी २४ औं आहा! रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

पोखरा रगंशालामा सोमवार तेस्रो क्वाटरफाइनलमा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० ले हराउँदै चर्च ब्वाईजले अन्तिम चारमा स्थान पक्का गरेको हो।

८९औं नविन लामाको कर्नरमा राजले पोष्टको अगाडि हेडर गोल गर्दै टोलीलाई सेमिफाइनलको यात्रा तय गराए। जारी प्रतियोगिताबाट बाहिरिने पूर्व विजेतामा आर्मी चौथो टोली बनेको छ ।

साविक विजेता आर्मीसँगै यसअघि दुई पटकको विजेता संकटा क्लब, आयोजक सहारा क्लब र एपिएफ प्रतियोगिताबाट बाहिरिसकेका छन्।

चर्च ब्वाइजले अब फाइनल प्रवेशका लागि ६ पटकको विजेता नेपाल पुलिस क्लबको सामना गर्नेछ। पुलिसले ब्रिगेड ब्वाइज क्लब युकेलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो।

पहिलो हाफको पाचौँ मिनेटमा चर्च ब्वाईजका नविनको फ्रिकिक मिलन राईको हेडर क्रसबार माथिबाट आकाशियो। २१ औं मिनेटमा आर्मीका दिनेश हेम्जनको हेडर आकाशियो।

२३ औं मिनेटमा चर्च ब्वाईजका नविनको फ्रिकिक मिलनको हेडर पहिलो बारको नजिकबाट बाहिरिदा अग्रता बनाउने मौका गुमायो। २६ औं मिनेटमा नविनको फ्रिकिक अबायोमी फाकु्न्लेको हेडर आकाशियो।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा मंगलवार थन्डरबोल्ट नर्थ युनाईटेड सिक्कीम र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबिच हुनेछ।

March 14, 2025

टोटनहम र लियोन युरोपा लिगको अन्तिम आठमा

एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

Success

Thank you for your time.