default_image

12 hours ago

February 10, 2025

सहारा एकेडेमीका ६ खेलाडीले बिबिसीबाट ‘बी’ लिग खेल्ने

898 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- सहारा एकेडेमीमा रहेका तेस्रो ब्याचका ६ खेलाडीले अर्को महिना काठमाडौंमा सुरु हुने सहिद स्मारक ‘बी’ डिभिजन लिग खेल्ने भएका छन्।
उनीहरुले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) बाट’ बी’लिग खेल्ने भएका हुन्। सहारा क्लब पोखरासोमबार कार्यक्रम गर्दै बिबिसीलाई खेलाडी हस्तान्तरण गरेको हो।

सहाराका अध्यक्ष बिबिसीका धन बहादुर गुरुङलाई खेलाडी हस्तान्तरण गरे। योसँगै एकेडेमीका विशाल नेपाली, सन्तोष शाही, मुकुन्द कुमार निउरे, भागवत चौधरी, अभिषेक राना र अशोक रेग्मीले ‘बी’ लिग खेल्ने पक्का भएको हो।

विशाल र सन्तोष डिफेन्डर, मुकुन्द कुमार निउरे र भागवत मिडफिल्डर, अभिषेक फरवार्ड र अशोक गोलकिपर हुन् ।

खेलाडी दिएबापत बिबिसीले सहारालाई २ लाख रुपैयाँ दिने सम्झौता भएको छ। खेल दौरान खेलाडी घाइते भए त्यसको उपचार बिबिसीले बेहोर्ने बताइएको छ ।

कार्यक्रममा सहाराका उपाध्यक्ष पूर्ण बहादुर गुरुङले खेलाडीले बि डिभिजन लिग खेल्नु ठूलो विषय भएको र यसले खेलाडी उत्पादनमा आफूहरुलाई थप हौसला मिल्ने बताए।

अखिल नेपाल खेलाडी संघका अध्यक्ष विक्रम लामाले एकेडेमीले उत्पादन गरेको खेलाडीले लिग खेल्न पाउनु खुसीको कुरा भएकोले भविष्यमा पनि खेलाडी उत्पादन गर्न शुभकामना दिए। बी डिभिजन लिग फागुन २५ गते सुरु हुँदैछ।

February 10, 2025

ग्रिन भिलेज एजुकेशन फाउण्डेशन अन्तिम आठमा

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । सोमवार भएको प्रि क्वाटरफाइनलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशनले कीर्तिपुरकै ग्रिन भिलेज सेकेण्डरी स्कुललाई २-० ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो । विजयी टोलीका लागि दुवै गोल सोप्निल बस्नेतले गरे । सोप्निल […]

February 10, 2025

प्लानिङ ब्वाइजलाई नव ज्योति च्यालेन्ज कप उपाधि

हिमाल खरेल, बिर्तामोड सहिद स्मारक ‘बी’ डिभिजन टोली प्लानिङ ब्वाइज काठमाडौंले आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । झापाको बुद्धशान्तिस्थित जयपुरमा आज भएको फाइनलमा सुनसरीको न्यु स्टार एफसीमाथि एकोहोरो दबाब सिर्जना गर्दै प्लानिङ ब्वाइज च्याम्पियन भएको हो । प्लानिङ ब्वाइजले न्यु स्टारलाई ३-० ले हरायो । प्लानिङ ब्वाइजका लागि झापाली डिफेन्डर […]

February 10, 2025

कनकाई अन्तरपालिका फुटबलको सेमिफाइनलमा

हिमाल खरेल ,बिर्तामोड उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४-० ले पराजित गर्दै कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा कनकाई नगरपालिकाकी स्वस्तिका विकले खेलको पाँचौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएकी थिइन् […]

Success

Thank you for your time.