1 month ago
February 10, 2025
एजेन्सी – लिभरपुल एफए कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ ।
दोस्रो डिभिजनको क्लब प्लाइमाउथसँग आइतवार १-० पराजित हुँदै लिभरपुल बाहिरिएको हो । प्लाइमाउथका रायन हार्डीले ५३ औं पेनाल्टीमा गरेको गोल नै खेलको निर्णायक बन्यो ।
इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुलले खेलमा पकड बनाएरपनि गोल गर्न सकेन ।
टोलीले आफ्नो पहिलो रोजाइका केहि खेलाडी मोहमद सालाह, एलिसन, ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, भर्जिल भान डाइकलाई आराम दिएको थियो।
लिभरपुलले पछिल्लोपटक सन् २०२२ मा एफए कप जितेको थियो । अन्य खेलमा एस्टन भिल्लाले टोटनहामलाई २-१ ले, वुल्भ्सले ब्ल्याकबर्नलाई २-१ ले हराएको छ।
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]