22 hours ago
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता सुरु हुने
इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमा रहेका ३९ बाट छनोट गरि ३० जना घटाइएको छ।
३० मा व्यवसायिक फुटबलका लागि देश बाहिर रहेकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा, फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडल समावेश छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फागुन ५ देखि १४ गते सम्म हुने च्याम्पियनसिपमा नेपालसहित म्यानमार, कीर्गिस्तान र लेबनानले सहभागिता रहनेछ।
कात्तिकमा साफ च्याम्पियनसिप खेलेयता नेपाली टोली पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल खेल्दैछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतवार ३० खेलाडीको नाम सार्वजनिक गरेको छ।
महिला राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका ३० खेलाडी
गोलकिपर – एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ, सावित्री किसन, सुजाता तामाङ
डिफेण्डर – अमृता जैसी, गीता राना, विमल विक, पुजा राना मगर, निशा थोकर, समिक्षा घिमिरे, विमला चौधरी, सजनी थोकर, प्रतिक्षा चौधरी
मिडफिल्डर – अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, रेनुका हमाल, सम्झना लावती, सुस्मा तामाङ, मन माया दबाई, बिर्सना चौधरी
फरवार्ड – सावित्रा भण्डारी ‘साम्बा’, रश्मि कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, ममता पुन, रेखा पौडेल
मुख्य प्रशिक्षक – राजेन्द्र तामाङ
February 10, 2025
पोखरा (हाम्रो खेलकुद)- खेलको अन्त्यतिर राज भुषालको निर्णायक गोलमा चर्च ब्वाईज युनाइटेड पोखरामा जारी २४ औं आहा! रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रगंशालामा सोमवार तेस्रो क्वाटरफाइनलमा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० ले हराउँदै चर्च ब्वाईजले अन्तिम चारमा स्थान पक्का गरेको हो। ८९औं नविन लामाको कर्नरमा राजले पोष्टको अगाडि हेडर […]
February 10, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा एकेडेमीमा रहेका तेस्रो ब्याचका ६ खेलाडीले अर्को महिना काठमाडौंमा सुरु हुने सहिद स्मारक ‘बी’ डिभिजन लिग खेल्ने भएका छन्।उनीहरुले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) बाट’ बी’लिग खेल्ने भएका हुन्। सहारा क्लब पोखरासोमबार कार्यक्रम गर्दै बिबिसीलाई खेलाडी हस्तान्तरण गरेको हो। सहाराका अध्यक्ष बिबिसीका धन बहादुर गुरुङलाई खेलाडी हस्तान्तरण गरे। योसँगै एकेडेमीका विशाल नेपाली, […]
February 10, 2025
पोखरा (हाम्रो खेलकुद)- २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको आज तेस्रो क्वाटरफाइनलमा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबले चर्च ब्वाइज युनाइटेड सामना गर्दैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।आफ्नो पहिलो खेलमा चर्च ब्वाइजले एनआरटीलाई सडन डेथमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको थियो। गोलकिपर टिकेन्द्र थापाले सडन डेथमा ३ पेनाल्टी रोकेपछि चर्च ब्वाइजले […]